मेलम्चीमा घाँसको भारीले थिचेर मृत्यु

मेलम्ची । मेलम्चीमा घाँसको भारीले थिचेर एक जनाको मृतयु भएको छ । मेलम्ची नगरपालिका ३ तल्लो दहपोखरी बस्ने राजेन्द्र तामाङको श्रीमती २५ वर्षीय सन्तोकी मायाँ तामाङको सोमबार घरबाट ३०० मिटर पूर्वतर्फ भिरालो पाखोमा घाँसको भारीले थिचि मृतक अवस्थामा देखेको भनी स्थानीयले खबर गरेका थिए ।
घटनास्थलमा प्रहरी टोली परिचालन भई घटनास्थल लासजाँच प्रकृति मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरेको, घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस