बुधबार, असोज १९, २०७९
गृहपृष्ठसमाज२२ घण्टापछि खाेलाकाे काेप्चामा डाेरी देखिएपछि भगवानलाई धन्यवाद दिए

२२ घण्टापछि खाेलाकाे काेप्चामा डाेरी देखिएपछि भगवानलाई धन्यवाद दिए


हेलम्बु । हेलम्बु गाउँपालिका वडा १ सर्कथली छ्यादी खोलाबाट बगाएर बेपत्ता भएका एक शिक्षक २२ घण्टापछि आइतबार दिउँसो जिवितै उद्धार गरिए । हेलम्बु नाकाते पारी भेग छ्यादी खोलामा साथीसहित नुहाउन गएका शिक्षक केशव शिवाकोटी खोलाले शनिबार अन्दाजी १ बजे बगरबाट बगाएर बेपत्ता भएका थिए ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाकाअनुसार दोलखा कालिञ्चोक–३ का शिवाकोटी स्थानीय सर्कथली आधारभूत विद्यालयमा पढाउँदै यतै बस्दै आएका थिए । उनलाई छ्यादी खोलाको अपठ्यारो भूगोलमा ढुंगाको कापबाट बल्तल्ल उनलाई सकुशल उद्धार गरिएको छ, २२ घण्टापछि पाएको जीवनप्रति उनले सबैलाई धन्यवाद दिए ।

खुट्टामा सामान्य चोटपटक लागेका शिक्षकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौंको केएमसी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले बताए । अहिले केएमसी अस्पतालमा ‘एक्स रे’ सहित अन्य परीक्षण भइरहेको र उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको उनका भाइ श्यामसुन्दरले जानकारी दिए । ‘उहाँको अवस्था सामान्य छ, खुट्टामा केही सामान्य चोटपटक लागेको छ, सुरुमा आत्तिए पनि अहिले उहाँ सामान्य हुनुहुन्छ, ’ उनले भने ।                                                                                 शिक्षककै भनाइ अनुसार                                             अघिपछिझै‌ं शनिबार नुवाइधुवाइ गर्न भनेर केही साथीसहित छ्यादी खोलामा गएका थियौं । तर त्यो दिन यस्तो होला भनेर कल्पना पनि गरेको थिइनँ । एकाएक म लेउ लागेको ढुंगामा चिप्लिए ।छ्यादी खोलाले बगाउँदै मलाई तलसम्म हुत्यायो ।

म आत्तिएर चिच्याएँ । आफन्त परिवार र साथी भगवान् सबैलाई सम्झिएँ । आँखैअघि देखिएका साथी अदृश्य भएको देखेर मन थामिन सकेन । धेरथोर पौडिन जान्ने भएकाले केही सम्हालिएँ । गलेका शरीरमा केही फूर्ती आयो, केही पौडिएँ, तल्लो कोप्चाको ढुंगा देखेपछि समातेर उक्लिएर बसेँ। उज्यालो समय छ्यादी खोलासँग जुध्नमा गएकाले शरीर खुबै गलेको थियो, जीवितै यही बसिरहनुबाहेक विकल्प पनि थिएन । भगवान सम्झिएर खुबै पुकारे । केही बेर चिच्याएँ, फेरि थाके । तर मनमा आस मरेको थिएन, जसरी भएपनि मेरो उद्धार हुनेछ भन्ने मनमा आशाचाहिँ बाँकी थियो । रातभर बिउँझे भोको पेट कुरिरहेँ, खोलाको आवाज सुनेर मनलाई ढाडस दिइरहे ।

कहिले उज्यालो होला र म उद्धारको लागि चिच्याउँला भन्ने कुराइमा थिए । बिहान हुनेबित्तिकै चिच्याएँ ‘बचाउ बचाउ गुहार गुहार म यहाँ अड्किएको छु ’ । हेलम्बु गाउँपालिका नाकोते भेग पारीको जंगलबाट छ्यादी खोला प्रष्ट देखिन्छ । त्यहाँ घाँस काट्न आएका एक वृद्धले मलाई देखे, मैले पनि हात हल्लाएर कराए । उनैले अन्य स्थानीय र अरुलाई खबर गरेछन् । यहाँका स्थानीयले हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई खबर गरिदिएछन् । उहाँले धेरै समन्वय गरिदिएपछि नेपाली सेनाको हेलिकोप्टरसहित तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय अगुवाजन र जनप्रतिनिधि उद्धारमा आउनुभो । त्यतिबेलासम्म मैले चिच्याउँदै गुहार माग्न छाडेको थिइनँ ।

अन्दाजी सय मिटर तल मलाई कोप्चामा डोरी लिएर लिन आएको देखेपछि भगवानलाई धेरै धन्यावद दिएँ, अबचाहिँ बाँचिन्छजस्तो लाग्यो । डोरीबाट तानेर मलाई भीरभन्दा माथि सुरक्षित डाँडामा पुगेपछि मन शान्त भयो । मलाई बचाएको भन्दै सर्कथलीका गाउँलेले सुरक्षाकर्मी, शिक्षक र अगुवाजनलाई दोसल्ला ओडाएर सम्मान गर्दै धन्यवाद दिए । अहिले म सामान्य अवस्थामा छु , आफन्त परिवार सबै मसँग नै छन् । ईकान्तिपुर बाट साभार


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!