बुधबार, असोज १९, २०७९
गृहपृष्ठसमाजसाँगाचाेकमा कार खस्याे, ४ घाइते

साँगाचाेकमा कार खस्याे, ४ घाइते


साँगाचाेक । काठमाण्डौबाट चौतारातर्फ जाँदै गरेको बा ४ च ५६७७ नम्बरको कार अनियन्त्रित भएर सडकबाट अन्दाजी १५० मिटर तल खसेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ पोखरेमा उक्त दुर्घटना भएको हो । आज बिहान भएको दुर्घटनामा ४ जना घाईते भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । ।

दुर्घटना हुँदा कारमा सवार ईन्द्रावती गाँउपालिका वडा नम्बर २ का ४२ बर्षीय बसन्त गिरी, ईन्द्रावतीकै ३१ बर्षीय प्रतिमा गिरी, कार चालक दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नम्बर २ का २८ बर्षीय सोनाम तामाङ र भिमेश्वर वडा नम्बर २ कै राजेश तामाङ घाइते भएका हुन् ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।

अस्पतालका अनुसार घाईतेमध्ये चालक सोनाम तामाङ र राजेश तामाङको अवस्था गम्भिर छ । अन्यको भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!