बुधबार, असोज १९, २०७९
गृहपृष्ठसमाजस्थापना दिवसको अवसरमा चौताराका वृद्धवृद्धालाई उद्योग वाणिज्य संघले गर्‍यो खाद्यान्न वितरण

स्थापना दिवसको अवसरमा चौताराका वृद्धवृद्धालाई उद्योग वाणिज्य संघले गर्‍यो खाद्यान्न वितरण


चौतारा । उद्योग वाणिज्य संघ सिन्धुपाचोकले चौतारा वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खाद्यान्न र फलफूल वितरण गरेको छ । आफ्नो स्थापना दिवसका अवसरमा संघले वृद्धाश्रमका वृद्धवृद्धालाई खाद्यान्न, लताकपडा र फलफूल वितरण गरेको हो ।

उनीहरूले १३ जना वृद्धावृद्धालाई सम्मान गर्दै खाद्यान्न वितरण गरेको संघका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए । संघले आज आफ्नो २८ औं स्थापवना दिवस मनाएको छ ।

सो अवसरमा जिल्ला फूटबल संघको सहकार्यमा साँगाचोकका बालबालिकालाई बलपनि वितरण गरेको छ । साथै संघले जिल्लाका सरोकारवालाहरूसँग अन्तरक्रियापनि गरेको छ ।

कार्यक्रममा संघका केन्द्रीय सदस्य कमल कुमार श्रेष्ठ, संस्थापक अध्यक्ष हरिशरण श्रेष्ठ, निवर्तमान अधयक्ष वेद बहादुर श्रेष्ठ, पूर्व अध्यक्ष अर्थलाल श्रेष्ठ, बागमती प्रदेश सदस्य यादव दाहाल, उपाध्यक्ष सुर्य बहादुर कार्की लगायतका, सल्लाहकार, सेना र प्रहरीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जिल्लामा संघले गरेको प्रगतिबारे अध्यक्ष बस्नेतले जानकारी गराएका थिए । कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले गरेका थिए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!