शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठसमाजसिन्धुपाल्चोकमा अविरल वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

सिन्धुपाल्चोकमा अविरल वर्षा, उच्च सतर्कता अपनाउन आग्रह


चाैतारा । अविरल वर्षाका कारण जिल्लाका मेलम्ची , बलेफि, भाेटेकाेसीलगायत खाेलामा पानीको वहाव अत्यधिक बढेको छ ।

जिल्लाको गुम्थाङ, धाप, नकोटे र आसपास पछिल्लो ३-६ भारी बर्षा मापन गरिएकाे छ।

मेलम्ची नदी नकोटेको जलसतह बढ्दो छ, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, बलेफि र अन्य साना खोलामा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुने जल तथा माैसम विज्ञान विभागले जनाएको छ

विभागले बिहान १० बजे सम्म ‍अति उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । मेलम्ची खाेलाले तालमाराङकाे तेर्से माविकाे भवनमा केही क्षति पुर्याएकाे स्थानीयले बताएका छन् । क्षतिकाे थप विवरण आउन बाँकी छ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!