शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठसमाजबाह्रबिसेका मेयरले बिरामीको उद्धार गरि आफ्नै गाडीमा धुलिखेल पठाए

बाह्रबिसेका मेयरले बिरामीको उद्धार गरि आफ्नै गाडीमा धुलिखेल पठाए


बाह्रबिसे । बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बाढीले सडक अवरुद्ध भएपछि एक बिरामीकाे उद्धार गरेका छन् ।

गत रातिको अविरल बर्षाको कारण बन्द भएको अरनिको राजमार्गको साँधिखोल्सामा करिव एक महिने जन्डिसबाट पीडित बालक बिरामीकाे बस्नेतले उद्धार गरेका हुन् । बच्चालाई अस्पताल लान एम्बुलेन्समा ल्याएपनि बाटाेका कारण अलपत्र परेेका थिए। डाेजरका चढाएर उनले बच्चा र आफन्तलाई खाेला तारेका थिए ।

बाढीले बाटाे अवरुद्ध भएपछि बस्नेतले उक्त बिरामीको उद्धार गरि आफूले प्रयोग गरिरहेको नगरको गाडीमा धुलिखेल अस्पताल पठाएका हुन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!