शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठसमाजलगातारको बर्षाले त्रिपुरा ३ काे वडा कार्यलयमा क्षति

लगातारको बर्षाले त्रिपुरा ३ काे वडा कार्यलयमा क्षति


धुस्कुन । केहिदिन देखि परिरहेको लगातारको बर्षाले त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ३ स्थित वडा कार्यलय भवनमा क्षती पुगेको छ।

कान्छाराम कन्ट्रक्सनले बार्हबिसे ,धुस्कुन पिस्करको १५ किलोमिटर मोटर बाटोको पिच गर्न टेन्डरको काम गर्दा बाटो भत्काउने काम मात्र गरेको र भिरालो सडकमा पानी र भल तर्काउने कुनै काम नगरेकोले सडकको भल,ढुङ्गा र माटो वडा कार्यलय परिसरमा थुप्रो लाग्दा क्षति भएको हो।

अहिले वडा कार्यलय परिसरमा बगर जस्तै भएकोले वडा कार्यलय बाट सेवा दिन असहज भएको छ। त्यसैगरी गाउँपालिकाको वडा नम्बर ६ टेकानपुरको घट्टेडाडामा माथिबाट पहिरो जादा सडक बाटो अवरुद्ध भएको छ।

जनप्रतिनिधिहरुले निरन्तर प्रयास गरेपनि ठुलो पहिरो पन्छाउने र साना साधन हरु पास गराउने काम भइ रहेको छ। तर निरन्तर अविरल बर्षाले समस्या भएको वडा नम्बर ६ का वडा अध्यक्ष रमेश बोहराले बताए ।

बोहराका अनुसार अरनिको यातायातको एउटा बसले घट्टेडाडा देखि तौथली सम्म र अर्को नियमित बसले राजधानी बाट दैनिक सेवा दिदा यात्रुहरूलाइ सेवा पुगिरहेको देखिन्छ ।

अहिले गाउँपालिकाको सबै वडाहरुले घरदैलोमा सेवा पुर्याउने अभियान अन्तरगत राजधानी आसपास बसोबास गर्ने सेवा ग्राहिलाइ लक्षित गरी अस्थायी सेवा केन्द्र राजधानी र वडा कार्यलयबाट सेवा प्रबाह गर्दा स्थानीय लाभान्वित भएको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले बताए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!