शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठसमाजअरनिको यातायातका बस अब पुरानो बसपार्कबाटै छुट्ने

अरनिको यातायातका बस अब पुरानो बसपार्कबाटै छुट्ने


चौतारा । अरनिको यातायात समितिका बसहरू पुरानो बसपार्कबाटै चलने भएका छन् । यसअघि तीनकुने बागमती किनारबाट सञ्चालित बसहरू अब पुरानो बसपार्कबाटै चल्ने भएका हुन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र अरनिको यातायात व्यवसायीबीच भएको सम्झौतामा चार वटा बस पुरानो बसपार्कबाट चलन दिने सहमति भएको हो ।

केही वर्षअघिसम्म पुरानो बसपार्कबाटै अरनिको यातायात चलेपनि उक्त क्षेत्रमा टावर निर्माण हुँदै आएकाले काठमाडौँ महानगरपालिकाले खुल्लामञ्चबाट बसपार्क सञ्चालन गर्न दिएको थियो । खुलामञ्च बसपार्क र विभिन्न संरचनाले ढाकिएको भन्दै काठमाडौंँ महानगरले उक्त स्थानबाट बसपार्क हटाएको थियो ।

त्यसपछि बागमती किनारमा थन्एिको अरनिको यातायात पुनः पुरानो बसपार्कको मुखबाट चल्ने भएको छ । काठमाडौं महनगरले चार वटा बस राख्ने र काउण्टर राख्े गरी उक्त सहमति गरेको हो ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!