करार कर्मचारीलाई करार सम्झौता गर्न आउन बाह्रबिसेकाे अनुरोध

बाह्रबिसे । बाह्रबिसे नगरपालिकाले करार सेवामा कार्यरत कर्मचारीलाई करार सम्झाैता गर्न बाेलाएकाे छ ।
आज एक सूचना जारी गर्दै नगरपालिकाले साविक जिविस र गाविसबाट विभिन्न मितिमा विभिन्न पदमा खटिएका कर्मचारीलाई सात दिनभित्र करार सम्झौता गर्न बाेलाएकाे हाे । नगरले शैक्षिक प्रमाणपत्रकाे प्रतिलिपि र नियुक्ति सम्बन्धि सम्पूर्ण कागजातहरु लिएर उपस्थिति हुन अनुरोध गरेको छ ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस