जुरे पहिरोपीडितका लागि जनस्तरबाट संकलित रकम फुकुवा

काठमाडौँ । सरकारले जुरे पहिरोपीडितका लागि जनस्तरबाट संकलित रकम फुकुवा गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जुरे पहिरोका लागि जनस्तरबाट संकलित रकम फुकुवा गर्ने निर्णय गरेको हो ।
जुरे पहिरोपीडितका नाममा संकलित सवा दुई करोड २४ लाख ६६ हजार रुपैयाँ आठ वर्षदेखि सरकारी खातामै थियो ।
२०७१ साल साउन १७ गते तत्कालीन मांखा र राम्चे गाविसको सीमामा पहिरो जाँदा ३० घर पूर्ण रुपमा नष्ट भएके थियो भने ५४ घरमा क्षति पुगेको थियो ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस