शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठसमाजगायिका दिलमाया सुनारको हत्यामा साँगाचोकका सुर्य संलग्न रहेको आरोप

गायिका दिलमाया सुनारको हत्यामा साँगाचोकका सुर्य संलग्न रहेको आरोप


काठमाडौँ । लोकगायिका दिलमाया सुनारको हत्यामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोक साँगाचोगढीका -१ का सुर्य श्रेष्ठ (खिलबहादुर) पक्राउ परेका छन् । चार छोराछोरीका बाबु सुर्यले आफू अविवाहित भएको भन्दै दिलमायासँग प्रेम गरेका थिए । उनीहरूबीच विगत १५ महिनादेखि अवैध सम्बन्ध रहेको बताइएको छ ।

श्रेष्ठको काठमाडौँको गोठाटारमा सुन पसल रहेको छ । उनका परिवार गाउँमा नै बस्दै आएका छन् । गायिका सुनार मृत भेटिएको अघिलो दिन उनी र उनका प्रेमी श्रेष्ठ सँगै दिलमायाको कोठा नेपालटारमा बसेका थिए ।

श्रेष्ठले प्रहरीसँग घटनाबारे बयान फेरिरहेका छन् । प्रहरीले सोधपुछ गर्दा श्रेष्ठले राति ११ बजे नै आफू दिलमायाको कोठाबाट हिडेको बताएपनि पछि प्रहरीले केरकार गर्दा राति आफू विउँझदा दिलमाया भुण्डिएको अवस्थामा भेटेको र उनलाई झारेर पासो लगाएको सल बोकेर आफू हिडेको बताएका छन् । उनले उक्त सल महाराजगञ्जमा फालेको बताएका थिए । उक्त स्थानबाट प्रहरीले उक्त सल बरामद गरेको छ ।

कोठाको ढोका खुल्ला रहेको र दिलमायाको शव खाटमा उतानो परेको अवस्थामा प्रहरीले भेटेको थियो । घरबेटीले प्रहरीलाई खबर गरेपछि प्रहरीले गरेको अनुसन्धानमा दिलमायाको घाँटीमा चोटपटक बाहेक अन्य केही नदेखिएको प्रहरीले जनाएको छ । प्रहरीले अन्य केही शंकास्पद वस्तुपनि भेटेन ।

घरमा बस्ने अन्य व्यक्तिलाई सोधपुछ गर्दा राति सुर्य दिलमायाकै कोठामा अबेरसम्म रहेको बयान दिएका थिए । सुरुमा उनले आफूलाई केही थाहा नभएको जनाएपनि सीसी क्यामेराबाट सुर्य राति २ बजेसम्म त्यही रहेको बताएपछि उनले आफू दिलमायासँग सुतेको स्वीकार गरेका थिए । उनले साँझ लोकल रक्सी खाएर सुतेको र बिउँझिदा दिलमाया झ्यालमा सलको पासो लगाएर झुन्डिएको देखेका थिए । सुर्यले हतार हतार दिलमायालाई बेडमा ल्याउँदा उनी बितिसकेकोले उक्त सलको पासो लिएर आफू हतार हतार कोठाबाट निस्केको प्रहरीलाई बताएका छन् ।

कसरी भयो चिनजान ?
सुर्यले दिलमायालाई करिब १५ महिनाअघि चावहिलको चुच्चेपाटीस्थित दर्पणछाँया दोहोरी साँझमा भेटेको बताएका छन् । त्यही भेटघाटपछि उनीहरूको सम्बन्ध बढ्दै गएको र आउजाउ र बसोबास सँगै हुन थालेको थियो ।

दिलमायाले आफ्ना साथीभाईलाई श्रीमान भनेर चिनाउने गर्थिन । पछिल्लो समय सुर्यको विवाह भसकेको थाहा पाएपछि उनीहरूबीच खटपट भएकाले दिलमाया निकै तनावमा थिइन् । सुर्य काममा व्यस्त हुन थालेपछि दिलमायाको फोन नउठाएकोमा दिलमायाले गुनासो गर्ने गरेकी थिइन् । प्रहरीका अनुसार तीन महिना अघि पनि दिलमायाले आत्महत्या गर्ने प्रयास गरेकी थिइन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!