शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठसमाजपोखरे घुम्तीमा ट्रक र बस जुध्यो

पोखरे घुम्तीमा ट्रक र बस जुध्यो


चौतारा । चौतारासाँगाचोकगढी नगरपालिकाको पोखरे घुम्तीमा ट्रक र बस एकआपसमा जुधेका छन् ।

काठमाडौँबाट चौतारा जाँदै गरेका ३८०५ नम्बरको ट्रक र चौताराबाट काठमाडौँ जाँदै गरेको बस एक आपसमा ठक्कर खाएको छ ।

बस र ट्रक एकआपसमा जुध्दा कुनैपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । अहिले उक्त बाटो भने अवरुद्ध भएको छ ।

बाटो खुलाउने प्रयास भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!