आईतबार, असार १९, २०७९
गृहपृष्ठसमाजपाखरदोभान कफि सहकारीद्वारा कृषिसामग्री वितरण

पाखरदोभान कफि सहकारीद्वारा कृषिसामग्री वितरण


सिन्धुपाल्चोक l कफि उत्पादन तथा वितरणमा अब्बल सिन्धुपाल्चोकको पाखरदोभान कफि सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरुलाइ विभिन्न किसिमका कृषिसामग्री वितरण गरेको छ ।

कृषकहरुलाइ आधुनिक कृषिप्रविधिसँग जोड्दै गुणस्तरीय कफि उत्पादनमा वृद्धि गराउन सहकारीले आइतबार ती सामग्री वितरण गरेको हो । सहकारीले किसानहरुलाइ ५० प्रतिशत अनुदानमा ३५ थान मिनिटिलर, सिंचाइका लागि ७ थान पानीट्याङ्की,५० थान ब्याट्री स्पेयर तथा १८० थान कैँची तथा करौंती वितरण गरिएको सहकारीका अध्यक्ष भुपेन्द्र भण्डारीले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , सिन्धुपाल्चोकको सहकार्यमा कृषि ज्ञान केन्द्र, काभ्रेको सहयोगमा ती सामग्री वितरण गरिएको अध्यक्ष भण्डारीले बताए ।

सुनकोसी गाउँपालिका कफि उत्पादनका लागि प्रख्यात छ । यहाँको कफि प्रशोधन गरि ब्राण्डिङ गरेर सिन्धु अर्गानिक कफीको रुपमा जापान, दक्षिण कोरिया , अमेरीका तथा अस्ट्रेलिया निर्यात हुनेगरेको छ । पालिकाको भुगोल अनुसार कतैपनि जमिन बाँझो नराख्ने गरि निति बनाउन लागिएको सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमल्सिनाले बताए । कृषि सामग्री वितरण गर्दै अध्यक्ष तिमिल्सिनाले जुन माटोमा जे उत्पादन हुन्छ, त्यसको लागि सहयोग गर्दै उत्पादन बढाउने आफुहरुको योजना रहेको बताए ।

सुनकोसी गाउँपालिकाबाट मात्रै गत एक वर्षमा ४० टन कफिको चेरी निर्यात गरिएको जिल्ला कफि सहकारी संघकी अध्यक्ष मन्दु थापाले बताइन् । गाउँपालिकाको ३ सय रोपनी जग्गामा कफि खेति गरेर ४ सय ५० परिवार यसमै आश्रीत भइ आम्दानी गरिरहेका छन् । किसानका उत्पादन गाउँपालिकामन रहेका २ वटा कफि सहकारी मार्फत संकलन गरि प्रशोधन पश्चात् ब्राण्डीङ गरेर विदेश निर्यात गरिदैं आएको छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!