आईतबार, असार १९, २०७९
गृहपृष्ठसमाजअब पिस्करमा तौथली हुँदै अरनिको बस

अब पिस्करमा तौथली हुँदै अरनिको बस


पिस्कर। त्रिपुरासुन्दरी गाउँपालिकाको केन्द्र पिस्कर पुग्नलाई अरनिको यातायातले सेवा सुरु गरेको छ।

काठमाडौबाट अहिलेको लागि टेकान्पुर,तौथली हुँदै पिस्करको लागि बिहान् ११:४५ मा छुट्ने र पालिका पिस्कर सम्म पुग्ने वडा न ४ का वडा अध्यक्ष टेकबहादुर गुभाजु(विजय ) ले बताए।

यात्रुको चाप हेरी बस थप्न सकिने अरनिको यातायात सेवा समितिले जनाएको छ । वडा अध्यक्ष गुभाजुको अनुसार वडा न ५ का वडा अध्यक्ष यादप श्रेष्ठ सङ्ग सहकार्य गरि बससेवा सुरु गरिएको हो।

स्थानीयको मागबमोजिम वडा अध्यक्ष गुभाजु र श्रेष्ठको सक्रियतामा तौथली पिस्कर सडकको स्तरउन्नति गरि दाबिखोलामा हिमपाइप राखी बस सेवा सुरु गरिएको हो।

अब बससेवा संचालन भएपछि पिस्कर,जलजले,पोखरे लगायतका स्थानीय प्रत्यक्ष राजधानी र खाडिचौर प्राधिकरण लामोसाङ्गु पुग्न लाभान्वित हुनेछन् भने टेकान्पुर र तौथलिका स्थानीयले पालिका केन्द्र आवतजावत गर्न सहज हुने भएको छ।

यसअघि पिस्करमा काठमाडौ बार्हबिसे,धुस्कुन ,पिस्करको बससेवा संचालन भएकोमा कान्छाराम कन्ट्रक्सन ले बार्हबिसेबाट पिस्कर पालिका सम्म पिचको टेन्डरको काम गरिरहेको छ।

अहिले त्यो खण्डमा हिलाम्मे हिलोले गर्दा बस सेवा ठप्प छ।पालिका अध्यक्ष भक्तध्वज बोहराको अनुसार पालिका जोड्ने सो सडक लाइफलाइन भएकोले संचालन गर्न पटकपटक अनुरोध गरिएको छ। तर निर्माण कम्पनीले बेवास्ता गर्दा बाटोको अवस्था डमाडोल छ भने ठाउँ ठाउँमा कटिङ्ग गरेर त्यतिकै छोड्दा बस्ती जोखिममा पर्ने संभावना छ।

गाउँपालिका अध्यक्ष बोहराको अनुसार पिस्कर जोड्न र त्रिपूरा भरी सबैले सेवा उपभोग गर्न आफू लागिरहेको पर्ने बताए ।

टेकान्पुरबाट पिस्कर जोड्ने सडक लथालिङ्ग भएकोले स्तरउन्नति गरि संचालन गर्ने लक्ष्य रहेको छ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!