हेलम्बुमा काँग्रेस र एमाले कार्यकर्ताबीच झडप , दुई गम्भीर घाइते

मेलम्ची । हेलम्बु गाउँपालिकाकाे पाल्चाेकमा काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।
हेलम्बु गाउँपालिका- ३का एमाले कार्यकर्ता खेन्जाे तामाङकाे घरमा काँग्रेस कार्यकर्ताले ढुंगामुढा गरेपछि झडप भएको हाे ।
झडपमा खेन्जाे घाइते भएका छन् भने काँग्रेसका मानदाेर्जे तामाङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको मेलम्ची अस्पतालमा उपचार भईरहेकाे छ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस