आईतबार, असार १९, २०७९
गृहपृष्ठसमाजबाढी पीडितको सवालमा कांग्रेस नेतृत्वको हेलम्बुको स्थानीय सरकारले के के गर्यो ?

बाढी पीडितको सवालमा कांग्रेस नेतृत्वको हेलम्बुको स्थानीय सरकारले के के गर्यो ?


हेलम्बु । हेलम्बुमा अहिलेको स्थानीय तह निर्वाचन २०७८ मा निमा ग्याल्जेल शेर्पा अध्यक्ष उठेका छन् । उनी २०७४ मा पनि हेलम्बु गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । २०७८ मा हेलम्बु र मेलम्ची नदीमा बाढी र पहिरो गएर धेरै क्षति भएको छ । त्यसबारे हेलम्बु सरकारले के के गर्यो ?
1. २०७८ असार १ र साउन १८ गते आएको बाढीको कारण २४ जनाको अकालमा मृत्युवरण गर्नुपर्यो । बाढीबाट निधन भएका परिवारलाइ जनही १ लाखको दरले गाउँपालिकाको स्रोतबाट रकम उपलब्ध गराइएको,
2. बाढीले अकल्पनीय क्षति र विपद निम्त्याएपछिको अवस्था निकै कहालिलाग्दो थियो । गाउँपालिकाको एक्लै प्रयासले मात्रै धेरै गर्न नसकिने अवस्था भयो । त्यसपछि सहयोगी मनहरु तथा विभिन्न संघसंस्थाले दिने सहयोगमा एकद्धार प्रणाली होस् र त्यसलाइ पारदर्शी ढंगले खर्च गर्न सकियोस् भनेर ‘हेलम्बु बाढी विपद राहत कोष’ स्थापना गरिएको । सबै दलको साझा प्रतिनिधित्व होस् भनेर सर्वदलीय संयन्त्रको बैठक बस्ने र सिफारिसमा खर्च गर्ने ब्यवस्था गरिएको । जसमा नेकपा एमालेबाट हस्त पण्डित/ बेनबहादुर पण्डित, माओवादी केन्द्रबाट लीलाबहादुर ज्योती, राप्रपाबाट सुरेश तामाङ, एकीकृत समाजवादीबाट- हरि भण्डारी र कांग्रेसबाट राजकुमार भण्डारी सम्मिलित टोली रहेको छ । समितिकै निर्णय अनुसार बाढी पीडितलाइ राहत तथा अस्थायी टहरा निर्माण भएकोले गाउँपालिकाले समन्वय मात्रै गरेको हो । साथै प्राप्त भएको सहयोग र खर्चको सबै विवरण गाउँपालिकाको वेभसाइटमा राखिएको छ । आफैं बैठकमा सहभागी हुने, आफैं निर्णय गर्ने अनि विरोधको अगुवाइ आफैं गर्ने दोहोरो राजनीतिक चरित्र, गलत राजनीतिक संस्कार र कुष्ठाले केही भ्रम फैलाउने प्रयास समेत गरियो । यस्ता भ्रम समयसँग चिरिदै गएको छ । यसबारे गाउँपालिकाको वेभसाइट हेर्न र चित्त नबुझे म जुनसुकै ठाउँमा यसको बहस गर्न तयार रहेको छु ।
3. बाढीले तहसनहस पारेको तालामाराङदेखि तिम्बु-अम्वाथानसम्म सबै सडक दशै अगाडी नै गाउँपालिकाले कतै नयाँ ट्रयाक खोली त कतै मर्मतसम्भार गरि मोटर चल्ने बनाएको ,
4. बाढीले सबै पुल तथा झोलुङगे पुल बगाएर चनौटे, गणेशे वगर- थापाटार, हल्दे, तिम्बु लगायतका ठाउँमा तत्कालै अस्थायी पुल (हिम पाइप तथा फलामको) बनाइ आवातजावतलाइ सजिलो बनाएको
5. विरामी, अशक्त तथा आपत परेकाहरुलाइ राजधानीसम्म पुग्न तथा पुर्याउन सहज होस् भनेर बाढीकै समयमा बैकल्पिक मार्ग “ग्याल्थुमबाट- पार्टी भञ्याङ”हुदै काठमाडौं जाने बाटो खोलेको
6. असार १ को बाढीपछि मुख्य बजार तथा बस्ती जोगाउन अहोरात्र दर्जनौं स्काभेटर तथा डोजर सहित सयौं जाली लगाएर खोलाको बहाब रोक्ने प्रयास गरेको
7. बाढीले घरवार विहिन भएका स्थानीयलाइ तत्काल विभिन्न संघ संस्था, सहयोगी दाता तथा गाउँपालिकाको स्रोतबाट डेढ सय घरघुरीलाइ अस्थायी टहरा निर्माण गरिएको
8. चनौटेको व्रेलिव्रिज बगाएपछि माथिल्लो भेगमा तथा तल्लो भागमा खाद्यान्नको अभाव हुन सक्ने भन्दै हेलिकोप्टरबाट खाद्यान्न पुर्याइ वितरण गरेको, हेलिकोप्टरबाट सुत्केरी हुने महिला, विरामीको उपचारको लागि राजधानीसम्म लगेको ।
9. चनौटे बजारको बस्ती संरक्षणको लागि चनौटे बजारमा मात्रै ५० लाख भन्दा बढी रकम विनियोजन गरि काम गरेको
10. केन्द्र सरकार, विपद प्राधिकरणले समेत पहिलो कुन ठाउँबाट आएको भन्ने पत्ता नलगाएपछि यसको खोजी गाउँपालिकाले गरि भ्रेमाथाङ भन्ने ठाउँबाट पहिरो गएको पत्ता लगाइ थप हुनसक्ने क्षतिको बारेमा जनतालाइ सूसुचित गरेको
11. बाढीले विजुलीका पोलहरु बगाएका कारण अन्धकार भएकोले तत्काल प्राधिकरणसँग समन्वय गरि विजुली बत्तिको ब्यवस्था गरेको । माथिल्लो भाग देखि बाढी पीडित परिवारलाइ विभिन्न संघ संस्थासँग समन्वय गरि सोलार, ग्याँस चुल्हो, खाद्यान्न वितरण गरेको,
12. प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, विपद प्राधिकरण सहित विज्ञहरुसँग पटक पटक छलफल, ध्यानाकर्षण तथा डेलिगेसन गरि केन्द्र सरकारको ध्यान हेलम्बुतर्फ खिचेको, मेलम्ची खानेपानी आयोजनासँग बाढीको कारण भएको क्षतिबाट राहत तथा नयाँ कार्यक्रम बनाउन पटक पटक दबाब दिएको,
13. रातोपुलमा रहेको ब्रेलिव्रिज बगाएपछि केन्द्र सरकारको निरन्तर ढोका ढक्ढकाइ गृह मन्त्री बालकृष्ण खाँड, विपद प्राधिरकणका सिइयो, प्रधानसेनापति, कांग्रेस नेता मोहनबहादुर बस्नेत सहितको टोलीको स्थगलगत भ्रमणपछि चनौटेमा नयाँ बेलिव्रिज निर्माण गरेको । अझै मेलम्ची नगरपालिकाको फट्टे, इन्द्रावती नदीमा बगेको पुलको स्थानमा नयाँ पुल बन्ने अत्तोपत्तो नभएको तपाइहरु जानकार नै हुनुहुन्छ । हाम्रै पहलमा मात्रै चनौटेमा नयाँ बेलिव्रिज बनेको र आगामी बर्षायाममा समेत सहज आवागमनको ब्यवस्था गरेको लगायत वडाअध्यक्ष ज्यूहरुले समन्वय गरेर धेरै काम गरेको तपाइहरु सबै जानकार नै हुनुन्छ ।
अब के गर्ने त ?
1. मेलम्ची बाढीपछि खोलाले नयाँ धार लिएकोले अब त्यसलाइ पुरानै धार र वैज्ञानिक तरिकाले अध्ययन गरि पुरानै डोबमा फर्काउने र अब थप क्षति हुन नदिने गरि काम गर्ने,
2. बाढीले पुर्याएको क्षति र खेतीयोग्य जमिनको लगत संकलन गरिएकोले अब तत्काल गाउँपालिकाले नै पुरिएका खेत तथा जमिन अनुसार नापी टोली/अमिनी लगि लालपूर्जा अनुसार जग्गा छुट्याइ दिने । साथै जग्गाधनी पूर्जा अनुसार खेत तथा जमिनमा फेरि काम गर्ने सक्ने बनाइ दिने प्रतिवद्धता ब्यक्त गर्दछौं ।
3. बाढीमा बगेका बजारहरु तिम्बु, किउल, गणेशे, चनौटे, ग्याल्थुम र तामालाराङ बजारको बारेमा केन्द्र सरकार र प्रदेश सरकारसँग मिलि नयाँ बजार स्थापना गर्ने । बाढीले बगाएका माछा फर्म, घट्ट लगायतका अध्ययन सकिएकोले तत्काल नयाँ ब्यवसायको लागि निर्वाजी ऋणको ब्यवस्था गर्ने । कुलोहरु तत्काल सञ्चालन गरि खेती गर्ने वातावरण सिर्जना गर्ने ।
4. मेलम्ची खानेपानी आयोजना लगे वापत हामी स्थानीयलाइ २५ प्रतिशत रोयल्टी वा काठमाडौंमा पानी बेचे वापतको रकम २५ प्रतिशत रकम उपलब्ध गराउन यसअघि पनि पटक पटक भन्दै आएको छौं ।
5. यसलाइ अनिवार्य सर्तको रुपमा राखी प्रधानमन्त्रीलाइ समेत ज्ञापनपत्र बुझाइएकोले बाढीबाट मृतकका परिवारलाइ १० लाख क्षतिपूर्ति, खेत तथा जग्गा पुरिएकाहरुलाइ उचित क्षतिपूर्ति, ठाउँ ठाउँमा गरि १० वटा झोलुङगेपुल, बगेका मोटर पुलको ठाउँमा बेलिव्रिज, मेलम्ची खानेपानी, केयुकेल र आयोजना कार्यान्वयन निर्देशनालय कम्तिमा आवश्यक पर्ने जनशक्तिको २५% हेलम्बुवासीलाइ दिने ब्यवस्थाको सुनिश्चित गर्ने अभियानलाइ कार्यान्वयन गर्न हाम्रो टिम नेपाली कांग्रेसलाइ जिताउन अनुरोध गर्दछु । मेलम्ची बाढी गाउँपालिकाको मात्रै नभएर देशकै समस्या भएकोले र एकदमै ठुलो भएकोले सोचेजति काम गाउँपालिकाले चाहेर पनि गर्न कठिन भयो । अब तपाइ हामी सबै मिलेर विज्ञ टोलीलाइ परिचालन गरि थप काम गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु । काम नै नगर्नेहरु धेरै हल्ला गर्ने हुन्, काम गर्दा केही कमि-कमजोरी सबैको हुन्छन् । यो तथ्यलाइ आत्मसात गरि अगाडी बढौं । तपाइहरुको विगतमा झैं माया, ममता, सहयोग र धैर्यताको अपेक्षा गर्दछु । जय नेपाल ।

क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!