आईतबार, असार १९, २०७९
गृहपृष्ठसमाजसिन्धुपाल्चोकमा राति १२ बजेबाट मदिरा बिक्री वितरण र खानमा रोक

सिन्धुपाल्चोकमा राति १२ बजेबाट मदिरा बिक्री वितरण र खानमा रोक


चौतारा । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज राति १२ बजे देखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ ।

सोमबार जिल्ला सुरक्षा समितिको बैठक बसी मौन अवधिमा कुनै भोजभतेर, सभा ,भेला घरदैलो जस्ता चुनावी कार्यक्रम नगर्न र नगराउन अनुरोध गरेको छ । यस्तै राति ९ बजेपछि होटल, रेष्टुरा जस्ता व्यवसायहरु बन्द गर्न अनुरोध गरेको छ ।

मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित अनुमति लिएका सवारी साधनहरु बाहेक सम्पूर्ण नीजि तथा सार्वजनिक सबै प्रकारका सवारी साधनहरु मतदान कार्य सम्पन्न नभएसम्म सञ्चालन नगर्न नगराउनसमेत प्रशासनले अनुरोध गरेको छ ।

यस विपरीत कार्य गरेमा कानुन बमोजिम कारवाही हुने पनि प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!