मेलम्ची फड्केश्वरमा माेटरसाइकल दुर्घटना, काभ्रेका इन्द्रकाे मृत्युु

मेलम्ची । फड्केश्वरमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्युु भएको छ ।
मेलम्ची नगरपालिका- १२ मा बा ७४ प ७४८३ नम्बरको माेटरसाइकल दुर्घटना हुँदा ४४ वर्षीय इन्द्रबहादुर खड्काकाे मृत्यु भएको हाे ।
उनी काभ्रेपलान्चोक मण्डन देउपर नगरपालिका – ६ का रहेकाे इलाका प्रहरी कार्यलयले जनाएको छ ।
माेटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुनिक्ने प्रहरीकाे अनुमान छ । यसबारे थपअनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस