सोमबार, जेठ २, २०७९
गृहपृष्ठफोटो फिचरमहामन्त्री थापा द्वारा इन्द्रावती रंगशाला र गाउँपालिकाकाे प्रशासनिक भवन उद्घाटन (फोटो फिचर)

महामन्त्री थापा द्वारा इन्द्रावती रंगशाला र गाउँपालिकाकाे प्रशासनिक भवन उद्घाटन (फोटो फिचर)


नवलपुर । इन्द्रावतीकाे गाैरवकाे याेजना इन्द्रावती रंगशाला र गाउँपालिकाकाे प्रशासनिक भवनकाे नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा द्वारा उद्घाटन भएकाे छ ।

आज एक कार्यक्रमका बिच गगन कुमार थापाकाे प्रमुख आतिथ्यतामा साे रंगशाला र भवनकाे उद्वाटन भएकाे हाे । हेलिकप्टर बाट इन्द्रावती आइपुगेका थापाले इन्द्रावती रंगशालाकाे उद्वाटन सकेर गाउँपालिकाकाे प्रशासनिक भवनकाे रिवन काटेर उद्वाटन गरेका थिए ।

इन्द्रावती गाउँपालिकाकाे प्रशासनिक भवन ६ कराेडमा तयार भएकाे हाे भने इन्द्रावती रंगशाला ३ कराेड ७९ लाखमा १८ महिनामा तयार भएकाे हाे । रंगशालाकाे प्याराफिटमा १४०० ब्यक्ति अट्ने क्षमता रहेकाे छ ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माले इन्द्रावतीले बिकासकाे फड्काे मारेकाे बताए ।

इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापती भुपेन्द्र बहादुर थापा, नेपाली कांग्रेस सिन्धुपाल्चाेकका उप सभापती दाेर्जे लामा, नेपाली कांग्रेस सिन्धुपाल्चाेक क्षेत्र नं २ का क्षेत्रीय सभापती आइतमान तामाङ, रेडक्रस सिन्धुपाल्चाेकका सभापती राजेन्द्रमान ताल्चाभडेल, इन्द्रावती गाउँपालिकाका वडा अध्यक्षहरू लगायतकाे उपस्थिति रहेकाे थियाे ।

 


क्याटेगोरी : फोटो फिचर, समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!