सोमबार, जेठ २, २०७९
गृहपृष्ठफोटो फिचरचौधरी फाउण्डेशनको सहयोगमा र्निमित एकीकृत बस्ती समुदायलाई हस्तान्तरण (फोटो फिचर)

चौधरी फाउण्डेशनको सहयोगमा र्निमित एकीकृत बस्ती समुदायलाई हस्तान्तरण (फोटो फिचर)


मेलम्ची- मेलम्ची १२ गिरान्चौरमा राष्ट्रिय पुर्ननिमार्ण प्राधिकरण ,चौधरी फाउण्डेशन ,मेलम्ची नगरपालिका र बस्ति निमार्ण समिति द्धारा निर्मित नम्डोललिङ नमुना एकीकृत बस्ती आज समुदायलाई हस्तान्तरण गरिएको हो । भुकम्पबाट घर भत्केका मेलम्ची १२ गिरान्चौरका ६२ घर धुरीलाई पक्की घर हस्तान्तरण गरिएको छ ।

फाउण्डेशनका अध्यक्ष विनोध चौधरी , जिल्ला समन्वय समितिका पमुख कृष्णगोपाल तामाङलगायतले आज समुदायलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा चौधरीले बस्तीसँगै अब आयआर्जनमा जोड्नका लागि समुदायले चासो राख्नपर्ने बताउनुभयो । उहाँले डिजिटिल शिक्षा, स्वास्थ्य,स्वस्च्छ खानेपानी पुर्याउनका लागि फाउण्डेशनले सहयोग गरेको स्मरण गर्दै आगामि दिनमा पनि आवश्यक सहयोगका लागि तयार रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले भूकम्पले ध्वस्त बनाएको बस्ती पुर्ननिमार्णमा सहयोग गर्ने संस्थालाई धन्यवाद दिदैं सधै सम्झिरहने बताउनुभयो । उहाँले आगामि दिनमा आवश्यकता अनुसारको थप सहयोगको समेत अपेक्षा गर्नुभयो । बस्तीको संरक्षण गर्ने र स्थानिय संस्कृति झल्कने क्रियाकलापमा ध्यान दिन तामाङले आग्रह गर्नुभयो ।

राष्ट्रिय पुर्ननिमार्ण प्राधिकरणको ३ लाख, चौधरी फाउण्डेशनको ८ लाख र स्थानियको समेत गरि प्रति घर रु १३ लाख लगानीमा निमार्ण सम्पन्न ४ कोठे पक्की ६२ वटा घरमा सौचालय, खानेपानी, विद्युत लगायको सुविधा रहेको इन्जिनिर शरद दुलालले जानकारी दिनुभयो । शैक्षिक सँगै आर्थिक क्षेत्रलाई जोड्ने र आयआर्जनका लागि स्थानियलाई सहज होस भन्नका लागि फाउन्डेसनको सहयोगमा गाउँमै रहेको इट्टा उद्योग लाई ब्यबस्थित र थप विस्तार गर्दैे लैजाने योजना रहेको बस्ती निमार्ण समितिका अध्यक्ष कर्मासिं लामाले बताउनुभयो ।

पानीको समस्यामा रहेका स्थानिय लिफ्ट बाट घरघरमा पानी आउन थालेपछि अहिले खुशि छन । भूकम्पले ध्वस्त बनाएका घर पुननिमार्ण गर्दै एकिकृत रुपमा नयाँ पक्कि घर पाएपछि स्थानियले खुशि ब्यक्त गरेका छन् । २०७२ को भुकम्पमा सिन्धुपाल्चोकमा ९१ हजार ९४लाभग्राही कायम भएका थिए । हालसम्म ८४ हजार १७५ घर निमार्ण सम्पन्न भएका छन । बाँकी निर्माणाधिन रहेको जिल्ला आयोजना कार्यान्वयन ईकाई भवनले जनाएको छ ।


क्याटेगोरी : फोटो फिचर, समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!