सोमबार, जेठ २, २०७९
गृहपृष्ठसमाजसिन्धुपाल्चोकबाट माघ ९ गते देखि ई-पासपोर्ट जारी गर्ने

सिन्धुपाल्चोकबाट माघ ९ गते देखि ई-पासपोर्ट जारी गर्ने


चाैतारा । सिन्धुपाल्चोक जिल्लाबाट पनि ई-पासपोर्ट जारी गर्न तयारी गरी मिति २०७८ माघ ७ गते परीक्षण भएको छ ।

माघ ९ गते देखि सामान्य रुपले आवेदन लिन शुरु हुनेछ । कोभिड-१९ समेतका कारण तत्कालको लागि दैनिक करिव २५ वटा आवेदन लिन सकिनेछ । क्रमशः सँख्या वढ्दै जानेछ ।

ई-पासपोर्टको आवेदन अनलाईन गर्नु पर्छ । जसको लागि https://nepalpassport.gov.np/ मा गई Apply for ePassport मा क्लिक गरी पढेर आफुलाई उपयुक्त हुने किसिमको राहदानी आवेदन गर्नुपर्नेछ ।

१६ बर्ष माथिका निवेदकलाई राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुन्छ ।

आवेदन गरिसकेपछि प्रणालीले तपाईले कार्यालयमा सम्पर्क राख्ने समय बुक गरी जानकारी देखाउँछ ।

उक्त बुकिङ् प्रमाण (Printed or digital) आफुसँग राखी बुक गरेको समयमा कार्यलमा सम्पर्क राख्नु पर्छ ।

कार्यालयले तपाईँको आवेदन रुजु गर्छ, सच्याउनु पर्ने भए सच्याउँन लगाउँछ र बैंकमा गएर राजश्व तिरेको भौचर लिएर आउन आग्रह गर्नेछ ।

भौचर प्राप्त भएपछि निवेदकको फोटो खिचिन्छ । राहदानी बनेपछि सोको जानकारी तपाईँको मोवाइलमा आउनेछ । त्यसपछि भौचर र नागरिकता सहित कार्यलयमा आएर राहदानी बुझ्न सकिन्छ ।

ई-राहदानी दस्तुर सामान्यतः साविकको MRP कै झैं छ । थप जानकारीका लागि https://nepalpassport.gov.np/ मा जानुहोला ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!