सोमबार, जेठ २, २०७९
गृहपृष्ठसमाजपाँचपोखरी जिल्लाकै उत्कृष्ट गाउँपालिका

पाँचपोखरी जिल्लाकै उत्कृष्ट गाउँपालिका


पाँचपोखरी – पाँचपोखरी थाङ्पाल गाउँपालिका सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट गाउँपालिका घाेषित भएकाे छ । स्व :मूल्यांकन लिसाबाट उक्त गाउँपालिका उत्कृष्ट गाउँपालिमा दर्ज भएकाे हाे ।

पाँचपाेखरी सिन्धुपाल्चोक जिल्लामा उत्कृष्ट साथै देशै भरिमा अती राम्रो गाउँपालिकामा दर्ज भएकाे गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

उनका अनुसार स्व मूल्याङ्कन अध्यायनकाे सूचक अनुसार गाउँपालिकाले शासकीय प्रवन्ध ७७.७८ प्रतिशत, सगठन तथा प्रसाशन ६५.६३ प्रतिशत, बार्षिक बजेट तथा योजना व्यवस्थापन ६३.६४ प्रतिशत र वित्तीय एवं आर्थिक व्यवस्थापन ८१.८२ प्रतिशत हाँसिल गरेकाे छ ।

त्यस्तै सेवा प्रवाह ९०.६३ प्रतिशत, न्यायिक कार्य सम्पादन ८५.७१ प्रतिशत, भौतिक पूर्वाधार ४२.३१ प्रतिशत, सामाजिक समावेशीकण ४० प्रतिशत, वातावणीय संरक्षण तथा विपत् व्यवस्थापन ३८.८९ प्रतिशत र सहकार्य र समन्वय १६.६७ प्रतिशत प्राप्त गरेकाे छ ।

कुल प्राप्ताङ्क ६२.७५% औंसत प्राप्त गरेकाे गाउँपालिकाले समग्र स्थिति ६५.४८ प्रतिशत, प्रक्रियागत स्थिति ५१.४७ र परिमाणत्मक स्थिति ७०.०० प्रतिशत प्राप्त गरेकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार पाेखरेलले जानकारी दिए ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!