सोमबार, जेठ २, २०७९
गृहपृष्ठसमाजसिन्धुबाटै जोडियो प्रसिद्ध तीर्थस्थल कालिञ्चोक

सिन्धुबाटै जोडियो प्रसिद्ध तीर्थस्थल कालिञ्चोक


चौतारा । जिल्लाको त्रिपुरासुन्दरी गापा १ को घोर्थली हुँदै दोलखाको प्रसिद्ध तीर्थस्थल कालिञ्चोक मन्दिर सडकले जोडिएको छ। प्रदेश सरकारको सुरुवाती ४० लाख बजेट सहयोगमा दुर्गम घोर्थलीबाट कुरी बजारछेउसम्म ३० किलोमिटरको सडक जोडिएको हो ।
सडक जोडिएपछि त्रिपुरासुन्दरी गापा र बाह्रबिसे नगरबासीले खुशीयालीमा पर्वझै मनाए। आइतबार बेलुकी सडक जोडिएपछि स्थानीयसग रमाइरहेका त्रिपुरासुन्दरी गापा १ का ८५ वर्षे वडाध्यक्ष कर्णबहादुर खड्काले घोर्थलीकै ३० जना स्थानीय यही सडक हुदै कालिञ्चोक दर्शन गर्न कुरि बजार पुगेको बताए । ‘यसले दुई जिल्लालाई जोडेर मितेरी सडकको काम गर्नेछ , पर्यटकीय प्रवद्र्धनमा ठुलो टेवा पुग्ने हाम्रो विश्वास छ,’उनले भने ।
जिल्लाकै चर्चित मन्दिर लट्टेश्वर महादेव, पिस्कर हत्याकाण्ड मच्चिएको राजनीतिक इतिहास बोकेका स्थान पिस्कर गाउ ,शहिद इलेविरे थामीको शालिकस्थल ,थामी संग्रालयजस्ता महत्वपूर्ण स्थानसग कालिञ्चोकलाई जोड्ने योजना त्रिपुरासुन्दरी गापाले बनाएको छ । दोलखा र त्रिपुरासुन्दरीको सीमाभेग यताको चौरमा विभिन्न समुदाय संस्कृति झल्कने होमस्टे ,होटेल ,रिर्सोट बनाइने र त्यसको लागि धेरै व्यवसायी तैयार रहेको रिसालले बताए । ‘हिउ खेल्नेसगै अनेक तिर्थस्थल र पर्यटकीय महत्वपूर्ण स्थान भूगोल हेर्दै कालिञ्चोक मन्दिर पुग्न सकिन्छ,’उनले भने ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!