सोमबार, जेठ २, २०७९
गृहपृष्ठसमाजज्यामिरेमाने नवलपुर सडक स्तरोन्नतीे सुरु

ज्यामिरेमाने नवलपुर सडक स्तरोन्नतीे सुरु


इन्द्रावती – इन्द्रावती गाउँपालिकाले ज्यामिरेमाने नवलपुर सडक स्तरोन्नतीको शिलान्यास गरेको छ ।

गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले मंगलबार सडकको शिलन्यास गर्दै अब बाँकि सडकहरुको क्रमस स्तरोन्नती गरिने जानकारी दिनुभयो । उहाँले गाउँपालिकाका सम्पुर्ण सडक क्रमश स्तरोन्नती र कालोपत्र गरिदै लैजाने जानकारी दिदैं धमाधम काम भइरहेको उल्लेख गर्नुभयो ।

गत मङसिर २८ गते सम्झौता भएको आयोजनाको काम २०७९ असार २१ सम्म सम्पन्न गर्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ । आयोजनाको श्री घिसिङ यु एण्ड एस जेभिले जिम्मा पाएको छ । करिव १० करोड ९ लाख ९ हजार लागत अनुमान गरिएको सो सडक ५ करोड २१ लाख २३ हजारमा सम्झौता भएको छ । सघिंय सरकारको समपुरक अनुदानको ४ करोड १५ लाख , र गाउँपालिकाको ५ करोड ९४ लाख ९ हजार बजेटमा सडक स्तरोन्नती गर्न लागिएको अध्यक्ष तामाङले बताउनुभयो ।

गाउँपालिकाको प्रमुख प्रसाशकिय अधिकृत राम प्रसाद शर्मा,वडा नं ८ का वडा अध्यक्ष केदार आचार्य लगायतको उपस्थितीमा शिलन्यास कार्यक्रम भएको थियो ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!