गुन्सामा आलु उत्पाद्न पकेट बिकास कार्यक्रम स्थलगत निरक्षण

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना (आलु उत्पाद्न पकेट बिकास) कार्यक्रम अन्तर्गत गुन्सामा स्थलगत निरक्षण गरिएको छ ।
उक्त स्थानमा ३ देखि ४ हेक्टर जमिनमा आलु खेतिको लागि जग्गा तयारी अवस्थामा रहेको र विभिन्न जडिबुटी, मसला तथा तरकारी बालीका नर्सरीहरु तयारी अवस्थामा रहेको पाइएको गाउपालिका को कृषि शाखाले जनाएको छ। ।
किसानहरुको आवश्यकता र संभावनालाई मध्यनजर गरि उक्त स्थानमा ८–१० मे.टन क्षमताको रस्टिक स्टोर निर्माण गाउँपालिका कृषि विकास शाखाले गर्ने भएको छ । यो स्थान समुद्री सतह देखि करिब २२०० मिटरमा अवस्थित छ ।
च्योच्यो हिमाल यात्रामा जाने बाटो पनि यहि क्षेत्रबाट रहेकाले कृषि पर्यटनको माध्यमबाट यस क्षेत्रका किसानहरुको आयआर्जनमा थप सुधार हुने गाउँपालिका कृषि विकास शाखा प्रमुख निमराज गिरीले बताउनुभयो । यो क्षेत्रको जमिन १५ वर्ष अघि देखिको बाजो रहेको र चौरी खर्कको रुपमा परिचित क्षेत्र हो ।
यस कार्यक्रमाबाट १० जनाले पुर्ण रोजगारी र १५० जनाले आम्सिक रोजगारी पाएका छ्न भने अहिले २ वटा फार्म सहित ३५ कृषक परिवार आबद्ध रहेका छ्न । अझै थप कृषक सन्जाल गठन गरि जोडिने अवस्थामा रहेको गाउँपालका ले जनाएकोे छ ।
क्याटेगोरी : समाज
तपाईको प्रतिक्रिया दिनुहोस