सोमबार, जेठ २, २०७९
गृहपृष्ठसमाजईन्द्रावती गाँउपालीकामा भुकम्प स्मारक र भृकुटी शान्ति पर्कको शिलान्यास

ईन्द्रावती गाँउपालीकामा भुकम्प स्मारक र भृकुटी शान्ति पर्कको शिलान्यास


ईन्द्रावती – ईन्द्रावती गाँउपालीकामा भुकम्प स्मारक र भृकुटी शान्ति पर्कको शिलान्यास भएको छ ।

गाँउपालीकाको वडा नम्बर ४ मा यी संरचना बन्ने भएका छन् । शिलान्यास कार्यक्रमको अवसरमा ईन्द्रावती गाँउपालीकाका अध्यक्ष वशंलाल तामाङले “ईन्द्रावती गाँउपालीकालाई ऐतीहासिक रुपमा चिनाउनु नै हाम्रो पहीचान हो । यस्ता खाले संरचनाले आउने भावी पुस्ताले अध्ययन, अनुसन्धान गर्ने ठाँउको रुपमा यो ठाँउलाई चिन्नेछन् । यो नै हाम्रो लागी गौरबको कुरा हो ।” भन्नुभयो ।

गाँउपालीकाले ऐतीहासिक रुपमा अघि सारेको योजनाहरुमा उपलब्ध श्रोतलाई मध्यनजर गर्दै काम गरीरहेको पनि अध्यक्ष तामाङले जानकारी दिनुभयो । पर्यटकीय स्थल अन्र्तगत पार्क बनाउन लागेको उहाँले बताउनुभयो । थामन ह्युल्साको रुपमा चिनीएको ठाँउलाई अब भृकुटी पार्कको रुपमा चिनाउन लागेको उहाँले बताउनुभयो । यसका साथै २०७२ सालको भुकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा भुकम्प स्मारक बनाईएको उहाँले जानकारी दिनुभयो ।

नेपाल चिनको दौत्य सम्बन्ध रहेको समयमा भृकुटीको विवाहमा यही बाटो प्रयोग गरेको किम्बदन्ती रहेको छ । सोही किम्बदन्तीको आधारमा हालसम्म भएका अभिलेखको आधारमा भृकुटी पार्क निर्माण हुन लागेको गाँउपालीकाले जानकारी दिएको छ ।

पहीलो चरण अन्र्तगत संस्कृती पर्यटन तथा नागरीक उढ्ययन मन्त्रालयको ७० प्रतीशत र ईन्द्रावती गाँउपालीकाको ३० प्रतीशत लागतमा सो पार्क बन्न लागेको हो । टप एस.एन, नवोदयआर.डी.आर जेभी जोरपाटी काठमाण्डौंले सो पार्कको निर्माणको लागी ठेक्का सम्झौता गरेको छ ।

यसका साथै भर्खरै सम्पन्न ईन्द्रावती गाँउपालीकाको १० औं गाँउसभाले सिपाघाट, ज्यामीरेमाने, नवलपुर ओखरेनी सडकमार्गलाई भृकुटी मार्ग नामाकरण गरेको छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!