शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठसमाजलयन्स अफ काठमाडौ को पहलमा विद्यार्थी लाई न्यानो कपडा वितरण

लयन्स अफ काठमाडौ को पहलमा विद्यार्थी लाई न्यानो कपडा वितरण


चाैतारा । पाँचपोखरी थाङपाल गाउँपालिका को वडा -८ लप्सेमा अवस्थित सरस्वती आधरभुत विद्यालयमा अध्ययनरत विद्यार्थी लाई न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरिएको छ।
लयन्स अफ काठमाडौ का सस्थापक अध्यक्ष समेत रहेका संगिता शर्मा को पहलमा १२५ जना विद्यार्थी लाई न्यानो कपडाका साथै शैक्षिक सामग्री वितरण गरिएको छ।

सरस्वती विद्यालयको प्राङ्गणमा आज विद्यालयकाे संस्थापक अध्यक्ष नुर्पु तामाङ उपस्थिति मा उक्ति कपडा का साथै शैक्षिक सामग्री वितरण गरिएको सरस्वती आधरभुत विद्यालय का शिक्षिका गङगा तामाङले बताए।
न्यानो कपडा वितरण पछि विद्यालय का शिक्षिका तामाङ ले सहयोग को लागि धन्यवाद दिदै खुशी व्यक्त गरे।साथै आफ्नो अनुरोध लाई सहर्ष स्वीकार गरि सहयोग गर्दिएकोमा आफू प्रफुल्ल भएको बताए र आगामी दिनमा विद्यालय ले लयन्स अफ काठमाडौ संग थप सहकार्य पनि गर्ने बताए।

जाडो बढ्दै गएकोले यस बाट सुरक्षित रहन यो सहयोग ले विद्यार्थी केही राहत पुग्ने मा आफू विश्वस्त रहेको क्लब कि सस्थापक अध्यक्ष शर्माले बताइन् ।न्यानो कपडा सहयोग वितरण गर्न पाउदा आफू हरु झन खुशी रहेको उनको तर्क थियो।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!