शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठसमाजदुगुनागढी एकीकरण मार्ग पदयात्रा–२०७८ सम्पन्न

दुगुनागढी एकीकरण मार्ग पदयात्रा–२०७८ सम्पन्न


भोटेकोशी – सिन्धुपाल्चोकमा तैनाथ नेपाली सेनाको गोरखबक्स गणले आयोजना गरेको दुगुनागढी एकीकरण मार्ग पदयात्रा–२०७८ सम्पन्न भएको छ ।

पूर्वी कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी सन्तोषकुमार ढकालको उपस्थितिमा नेपाल एकिकरण तथा नेपाल तिब्बत युद्धको दौरान नेपाली फौजले प्रयोग गरेको मार्गमा पदयात्रा सम्पन्न भएको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित लार्चादेखि दुगुनागढीसम्म करिब साढे ७ किलोमिटर पदयात्रा सञ्चालन भएको थियो । पदयात्रामा नम्बर २६ बाहिनी अड्डाका बाहिनीपति, भोटेकोशी गाउँपालिकाका प्रमुख, गोरख बक्स गणका अधिकृत, पदिक तथा अन्यदर्जा तथा अन्य सुरक्षा निकायको सहभागिता थियो ।

नेपाल एकीकरणको समयमा प्रयोग भएका मार्ग/बाटो तथा कोटहरुको पहिचान, संरक्षण, सम्बर्धन र प्रवर्द्धन गर्ने तथा नेपालको सैनिक ईतिहासको जगेर्ना गर्ने उद्देश्य अनुरुप सेनाले एकीकरण मार्ग कार्यक्रम सञ्चालन गरिरहेको छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!