आईतबार, माघ ९, २०७८
गृहपृष्ठसमाजवृद्ध मारि धनमाल लुटपाट गर्ने हेलम्बुका तीनै जना जेल चलान

वृद्ध मारि धनमाल लुटपाट गर्ने हेलम्बुका तीनै जना जेल चलान


चौतारा । हेलम्बुका बृद्ध मानिसलाई मारी लुटपाट गर्ने तीन जना मानिस कारागार चलान भएका छन् ।

गत कार्तिक १८ गते राति सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका १ खार्चुङ बस्ने वर्ष ७६ को केसाङ लामालाई मारि निज मृतकको घर पसलबाट नगद र गरगहना लुटपाट गर्ने तीन जना कारागार चलान भएका हुन् ।

कारागार चनाल हुनेमा हेलम्बु १ बस्ने बर्ष २९ को दावा दोर्जे लामा, बर्ष २० को सार्की हेल्मु (शेर्पा) र बर्ष १९ को तेन्जिङ भन्ने तेन्जेन लामा रहेका छन् ।

उनीहरुले बृद्धलाई मारी एक लाख साठी हजार नगद, पाँच तोला चाँदीको फार्को (चाँदीको लेप लगाएको काठको कप) थान २, थाङ्का थान-१, बुद्द चित्तको माला थान-१, एनटीसीको १२ हजार बराबरको रिचार्ज कार्डहरु लगायतका धनमाल समेत डाँका चोरी गरेका थिए ।

उनीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान तथा डाँकाचोरी मुद्दामा अनुसन्धान गरि सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरिएको र पक्राउ परेका तीनै जनालाई अदालतले पुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!