आईतबार, माघ ९, २०७८
गृहपृष्ठसमाज‘तिमी आगो म पानी बनुला’ भन्दै सिडिओ नाचेपछि……

‘तिमी आगो म पानी बनुला’ भन्दै सिडिओ नाचेपछि……


चौतारा । महिला हिंसा न्युनिकरण गर्न के गर्न सकिएला । जनचेतना जगाउने, अन्तक्रिया गर्ने, पीडितहरुलाई हौसाला दिने, महिला सशक्तिकरण गर्ने जस्ता विभिन्न कार्यक्रम हुन सक्छन् ।

तर महिला हिंसा अन्त्य भन्दै छमछमी नाच्दा महिला हिंसा अन्त्य गर्न सकिएला त ? सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल महिला हिंसा अन्त्य कार्यक्रममा लोकदोहोरीमा छमछमी नाचेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककोआयोजना र विभिन्न महिलावादी संघसंस्थाले गरेको लैगिंक हिंसाको १६ दिने अभियान अन्तर्गत ‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने र्‍यालीमा सहभागी भएपछि आयोजना गरिएको लोक दोहोरी तथा सांस्कृतिक कार्यक्रममा उनी छमीछमी नाचेका हुन् । उक्त कार्यक्रममा पीडितलाई पनि बोलाएर नचाएको भएपनि पीडितहरु खुशी हुन्थे एकदिन भन्नु हुन्थ्यो । तर त्यहाँ त्यस्तो थिएन ।

मनको कुरा नढाटी भनुला, तिमी आगो म पानी बनुलाजस्ता गीतमा सिडियो खनाललगायत जिल्लाका सुरक्षा निकाय प्रमुखहरु गन्यमान्य व्यक्तित्वहरु छमछमी नाचे । के अब उनीहरु नाचेपछि महिला हिंसा चाहि अन्त्य होला त?पीडितको मुहारमा खुशी छाउला त ?


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!