शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाजसुकुटेमा ट्रक र माेटरसाइकल जुध्याे, बाह्रबिसेका यज्ञबहादुरकाे मृत्यु

सुकुटेमा ट्रक र माेटरसाइकल जुध्याे, बाह्रबिसेका यज्ञबहादुरकाे मृत्यु


बलेफी । अरनिको राजमार्गमा दुर्घटना हुँदा एक जनाको मृत्युु  भएको छ । विपरित दिशाबाट आएको ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा मोटर साईकलमा सबार बाह्रबिसेका एकबहादुर श्रेष्ठको घटनास्थलमै ज्यान गएको छ भने सोही मोटर साईकलमा सवार आशिस श्रेष्ठ सक्त घाईते भएका छन ।

काठमाडौंबाट बाह्रबिसे तर्फ जाँदै गरेको बा ५ ख ४२८२ नम्बरको आईचरले काठमाडौं तर्फ जाँदै गरेको बा ०३१ प ०५८४ नम्बरको मोटर साईकललाई ठक्कर दिंदा दुर्घटना भएको हो । घाईतेलाई बलेरोमा उपचारको लागि पठाईएको प्नहरीले जनाएको छ ।   प्रहरीका अनुसार मृतकको शव धुलिखेल पठाइएको छ ।

घटना पश्चात ठक्कर दिने आईचर भ्यान नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए । घटना बलेफी र सुकुटे बीचको चिहाने भन्ने ठाउँमा भएको हो ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!