शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाजगाई काटेर मासु भाग लगाइरहेकाे अवस्थामा बाह्रबिसेबाट पाँच जना पक्राउ

गाई काटेर मासु भाग लगाइरहेकाे अवस्थामा बाह्रबिसेबाट पाँच जना पक्राउ


सिन्धुपाल्चोक- राष्ट्रिय जनावर गाई काटेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट पाँच जना पक्राउ परेका छन् ।

गत कात्तिक २२ गते राति करिब ११ बजे बाह्रबिसे–९, राम्चेको पोष्टपखेरामा गाई काटेर मासु भाग लगाइरहेका अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउपर्नेमा बाह्रबिसे– ९ का ३२ वर्षीय अर्जुनबहादुर थामी, ३० वर्षीय राजकुमार थामी, त्रिपुरासुन्दरी–२ का ३० वर्षीय भीमबहादुर थामी, ३४ वर्षीय दिलबहादुर थामी र १९ वर्षीय विजय थामी रहेका छन् ।

स्थानीय मानबहादुर थामीको बारीमा गाउँकै अर्जुन बहादुरको गाई निजले मिली काटी मासु भाग लगाइरहेको छ भन्ने विशेष सूचनाका आधारमा तत्काल प्रहरी टोली खटी गई उल्लेखित मानिसलाई मासु भाग लगाइरहेकै स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

उनीहरूलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद अनुमतिलिई पशुपक्षी सम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!