बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाजहेलम्बुका केर्साङ्ग लामाको हत्या गरेर भागेका २ जना पक्राउ

हेलम्बुका केर्साङ्ग लामाको हत्या गरेर भागेका २ जना पक्राउ


हेलम्बु- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित खार्चुङमा किराना पसल चलाउँदै आएका ७३ वर्षीय केर्साङ्ग लामाको कार्तिक १८ मा राति टाउकोमा हिर्काएर हत्या गरेर भागेका दुई जना आरोपीहरूलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।

टाउकोमा हिर्काएर केर्साङ्गको हत्या गरेर अरोपीहरूले १ लाख ५० हजार नगद, रिचार्ज कार्ड र थाङ्का लुटेर भागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

केर्साङ्ग लामाको हत्यामा संलग्न दुई जनालाई काठमाडौँको नागढुंगा र माकलबारीबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा हेलम्बु गाउँपालिका–१ सिन्दृघ्याङ घर भएका १९ वर्षीय तेन्जिङ लामा ‘हेल्मु’ र वर्ष ३० का दावा दोर्जे लामा छन् । महानगरीय प्रहरी परिसर काठमाडौँ र सिन्धुपाल्चोकबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेर सिन्धुपाल्चोक लगेको छ ।

आरोपीहरूलाई मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

 


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!