शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाजरेडक्रस सिन्धुपाल्चोक तदर्थ समितिको पदभार ग्रहण सम्पन्न

रेडक्रस सिन्धुपाल्चोक तदर्थ समितिको पदभार ग्रहण सम्पन्न


सिन्धुपाल्चोक- रेडक्रस सिन्धुपाल्चोक तदर्थ समितिको पदभार ग्रहण सम्पन्न भएको छ ।

५ वर्ष सम्म पनि अधिवेशन गर्न नसकेपछी नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयले सिन्धुपाल्चोकमा राजेन्द्रमान ताल्चाभडेल नेतृत्वको कार्यसमितीलाई खारेज गरी भरत कुमार बस्नेतको सँयोजकत्वमा तदर्थ समिती गठन गरेको थियो ।

सोमबार तदर्थ समितिका सँयोजक बस्नेतसँगै सदस्यहरु अमिर बहादुर श्रेष्ठ, धर्म कुमार खोखाली, सुर्यप्रसाद न्यौपाने , तारादेवी श्रेष्ठ शेर्पा, चित्र कुमारी खोखाली, नातिबाबु धिताल, कल्याणी नेपाल, कृष्ण बहादुर थापा , अमृत खड्का , चन्द्र सापकोटा, श्याम कृष्ण श्रेष्ठ, श्याम खड्का र अम्बिका नेपालले पनी सपथ लिनुभएको छ ।

सपथपछी केन्द्रीय विधान अधिवेशन प्रतीनिधीका लागी सुर्य प्रसाद न्यौपाने, कृष्ण थापा र अम्बिका नेपाललाई छनौट गरिएको छ ।

पदभार ग्रहणपछी ब्यवसायीक स्वयमसेवक भरतप्रसाद कोईरालाद्धारा कोभिड– १९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रमको अभिमुखीकरण समेत गरिएको थियो ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!