शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाजकांग्रेस इन्द्रावती -४ का सभापतिले बालगृहमा मनाए जन्मदिन

कांग्रेस इन्द्रावती -४ का सभापतिले बालगृहमा मनाए जन्मदिन


नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका -४ का सभापति क्षेत्र बहादुर तामाङले आफ्नो जन्मदिनमा गाउँपालिका को वडा ५ मा रहेको मदर सिस्टर नेपाल बालगृहमा मनाएका छन।

जन्मदिनको अवसरमा तामाङले बालगृह मा रहेको बालबालिका लाई आवश्यक खाद्यान्न सामाग्री वितरण गरेका थिए। खाद्यान्न मा १० बोरा चामल १ बोरा दाल १ बोरा आलु वितरण गरेको बालगृह कि संचालक मिना थापाले जानकारी दिए। बालगृह मा ३५ जना बालबालिका छन ।

त्यहा रहेको बालबालिका लाई खाद्यान्न अभाव देखिएपछि तामाङले संचालिक थापा संग समन्वय गरि खाद्यान्न वितरण गरेका हुन। ३९ वर्ष प्रवेश को अवसरमा तामाङले जन्मदिनमा फाचुल खर्च गर्नु भन्दा अनाथ बालबालिका लाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। साथै आगामी दिनमा पनि यस बालगृह थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।
तामाङ युवा सजगता अभियान सिन्धुपाल्चोक का अध्यक्ष एवम् इन्द्रावती गाउँपालिका तामाङ घेदुङ का अध्यक्ष समेत हुन। पछिल्लो समयमा तामाङ सामाजिक कार्य मा अग्रसर भएर लागेका छन।

तामाङ को जन्मोत्सव मा इन्द्रावती गाउँपालिका अध्यक्ष एवम् गाउँपालिका राष्ट्रिय महासङघ का महासचिव बंशलाल तामाङ कांग्रेस जिल्ला सचिब बिल बहादुर तामाङ लगायत नेताहरु उपस्थिति भएका थिए।

 


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!