शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाजसिन्धुपाल्चोकको चौतारामा लाईन्स क्लबको शाखा स्थापना

सिन्धुपाल्चोकको चौतारामा लाईन्स क्लबको शाखा स्थापना


चौतारा । सामाजिक सेवामा अग्रसर गैर नाफामुलक संस्था लाईन्स क्लबको शाखा सिन्धुपाल्चोकको चौतारामा स्थापना भएको छ । मंगलवार सम्पन्न भेलाबाट सन्देश श्रेष्ठको अध्यक्षतामा लाईन्स क्लब अफ काठमाण्डौ सिन्धु चौतारा सिटी स्थापना गरिएको हो ।

सिटीको प्रथम उपाध्यक्षमा भगवान खड्का, द्वितिय उपाध्यक्षमा लाक्पा तामाङ, सचिवमा रमेश सापकोटा, सहसचिवमा उपेन्द्र सुवेदी, कोषाध्यक्षमा सोनिया खत्री र सहकोषाध्यक्षमा सुनिता तामाङ सर्बसम्मत चयन भएका छन् ।

त्यस्तै क्लब डाईरेक्टर श्यामकृष्ण श्रेष्ठ र राकेश राना, क्लब मेक्बरसीप चेयरपर्सन रिना झाङ्ग, सर्भिस चेयरपर्सन रवी श्रेष्ठ, क्लब मार्केटिङ चेयरपर्सन विकास तामाङ चयन भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

क्लबले स्थापनालगत्तै मंगलबार सदस्यहरुलाई अभिमुखिकरण कार्यक्रम समेत सञ्चालन गरेको छ । लायन्स क्लबको इतिहास, विधि विधान र पछिल्लो अवस्थाको बारेमा क्लबका सदस्यहरुलाई १ दिने अभिमुखिकरण गरिएको हो ।

डिस्ट्रिक गर्भनर केशव पाण्डे घद्दछब्द्द को प्रमुख आथित्यता र पिडिजि मधुकर उपाध्यायको आतिथ्यतामा अभिमुखिकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा डिस्ट्रिक गर्भनर पाण्डेले लायन्स क्लबको जानकारी गराउँदै क्लबको उद्देश्य, कामकर्तव्यको बारेमा प्रष्ट्याएका थिए ।

सो कार्यक्रममा लाईन्स क्लब अफ काठमाण्डौ सिन्धु चौतारा सिटीका अध्यक्ष सन्देश श्रेष्ठले क्लबले विभिन्न सामाजिक काम गरिने बताए । लायन्स क्लब इन्टरनेशनलको स्थापना २४ अक्टोबर १९१६ मा इभान्सभिल, इन्डियानामा विलियम पेरी वुड्सद्वारा गरिएको थियो ।

सचिव मेलभिन जोन्सको निर्देशन र पर्यवेक्षणमा अन्तर्राष्ट्रिय सेवा संगठनको रूपमा विकसित भएको संस्थाको नेपालमा हाल १ हजार ४ शाखा सञ्चालनमा छन् । ५० हजारभन्दा बढी मानिसहरु क्बलमा आबद्ध छन् ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!