शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाजरसुवाको सबै बजार क्षेत्रमा सीसीटीभी क्यामरा

रसुवाको सबै बजार क्षेत्रमा सीसीटीभी क्यामरा


रसुवा – रसुवाको सबै बजार क्षेत्रमा सीसीटीभी क्यामरा राखिएको छ । विभिन्न गाउँपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय रसुवाले सीसीटीभी जडान गरेको हो ।

जिल्लामा शान्ति सुरक्षा कायम राख्न, नाकामा सीमामा हुने अपराध, चोरी सिकार तथा राजमार्गमा हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सीसीटीभी राखिएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो । रसुवागढीमा २, स्याफ्रुबेसीमा २, धुन्चेमा १८ वटा, कालीकामा ५ र बेत्रावतीमा २ वटा राखिएको कार्यालयले जनाएको छ ।

रसुवामा रहेकाे बेत्रावती, स्याफ्रु र रसुवागढीमा जिल्ला प्रहरी कार्यालय रसुवाले र कालीकास्थानमा र धुन्चेमा गाउँपालिकाको सहयोगमा सीसीटीभी राखेकाे हाे । यसअघि राखिएका सीसीटीभी बिग्रिएका कारण नयाँ जडान गरिएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो । ‘हामीले अहिले टिमुरे बाहेक अन्य क्षेत्रमा सीसीटीभी जडान गरिसकेका छौँ,’ उहाँले भन्नुभयो, ‘टिमुरे क्षेत्रमा भन्सार कार्यालय, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्थासँगको समन्वयमा राखिने छ ।’


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!