शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाजडोफेन च्यङ्छुपलिङ् पेमाकुट गुम्बा उद्घाटनः बुद्ध मूर्तिको प्राण प्रतिष्ठा

डोफेन च्यङ्छुपलिङ् पेमाकुट गुम्बा उद्घाटनः बुद्ध मूर्तिको प्राण प्रतिष्ठा


कार्तिक १०, काठमाडौ । पवित्र धार्मिकस्थल स्वयम्भूको फेदमा निर्माण गरिएको डोफेन च्यङ्छुपलिङ् पेमाकुट गोन्पाको उद्घाटन गरी गुम्बाभित्र प्रतिस्थापन गरिएको बुद्ध मूर्तिको राब्ने अर्थात प्राण प्रतिष्ठा  गर्ने कार्य सम्पन्न भएको छ । श्रद्धेय दिल्गोन खेन्चे याङसी उर्गेन तेन्जिङ जिग्मे ल्हुन्डुप रिन्पोछेवाट विधिपूर्वक प्राण प्रतिस्था गर्ने कार्य सम्पन्न भएको हो ।

नेपाल बुद्ध धर्म सेवा संघको आयोजनामा गरिएको कार्यक्रममा गुम्बाको उद्घाटनसंगै दाता फुरिता शेर्पा हिमाली माइला र श्रीमति जिबुटी छिरिङ डोल्कर शेर्पाले गुम्बा परिसरमै निर्माण गरिएको यिग्या थ्युङ्ग्यूर र मणि थ्युङ्ग्यूर त्यसको माथि बनाइएको झ्याङछ्यूव छ्योर्तेन बोधिचैत्य र नाम्गेल छ्योर्तेन विजयचैत्यको पनि श्रद्धेय रिन्पोछेज्यूवाट शिलापत्र अनावरण गरि उद्घाटन गर्नुभएको थियो ।


उद्घाटन पश्चात दातापरिवारले नेपाल बुद्धधर्म सेवा संघलाई हस्तान्तरण गर्नुभई परिचालनको लागि रु.५ लाख अक्षयकोषको पनि स्थापना गर्नुभएको छ । सो गुम्वाका सचिव शोनोर्वु शेर्पाका अनुसार, उद्घाटन कार्यक्रमको सुरुमा श्रद्धेय रिन्पोछे गुरु लगाएत अन्य लामागुरुहरुवाट पवित्र केङ्ग्यूर पाठ र पूजा गरिएको थियो ।

पूजा पाठ सम्पन्न भएपछि राब्ने अर्थात प्राण प्रतिस्था गरि उद्घाटनका कार्य सम्पन्न गरिएको थियो । उद्घाटन कार्य सम्पन्न भएपछि आयोजना गरिएको औपचारिक कार्यक्रममा दाता परिवारलाई सम्मान गरिएका थियो । श्रद्धेय रिन्पोछेको प्रम्ख आतिथ्य तथा नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नोर्बु शेर्पा विशेष अथिति रहनु भएको कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा विशेष अतिथि आचार्य नोर्बु शेर्पा, अथिति लुम्विनी विकास कोषका पूर्व उपाध्यक्ष आचार्य कर्मा साङ्बो शेर्पा, त्रियान बौद्ध महासंघका अध्यक्ष खेन्पो वागेन्द्र शिला, सांसद जिप छिरिङ शेर्पा, १५ वडाका वडाध्यक्ष तथा प्रवक्ता इश्वरमान डंगोलले मन्तब्य राख्नु्भएको थियो ।

नेपाल बुद्धधर्म सेवा संघका अध्यक्ष साङ्गेल शर्पाको अध्यक्षतामा आयोजित कार्यक्रममा डोफेन च्यङ्छुपलिङ् पेमाकुट गोन्पा बनाउने कार्यमा योगदान गर्नुहुने श्रद्धालु दाताहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!