शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाजपशुपालक कृषकलाई उन्नत जातको भैंसीको पाडी र बिउको बोका वितरण

पशुपालक कृषकलाई उन्नत जातको भैंसीको पाडी र बिउको बोका वितरण


सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिकाको वडा नं ३ दुगुना र यार्मासिङका पशुपालक कृषक परिवारलाई उन्नत जातको भैंसीको पाडी तथा उन्नत जातको बिउको बोका वितरण गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको समन्वय र इको हिमाल नेपाल र रोटरी क्लबको सहकार्यमा यस क्षेत्रका १० परिवारलाई पाडी तथा ५ कृषक परिवारलाई बिऊको बोका सहित आवाश्यक औषधि सहितका सामाग्री वितरण गरिएको हो ।

अध्यक्ष पौडेलका अनुसार, हस्तान्तरण गरिएका उन्नत पाडी तथा बोकाको पशु बिमा गरिएको छ भने उपचारमा समेत गाउंपालीकाले आवाश्यक सहयोग गर्नेछ ।

स्थानीय कृषक समुह तथा कृषिमा आ?ीत् परिवारको माग र आवाश्यकता अनुसार गाउंपालीकाले अव स्थानीय स्तर मै पशु प्राविधिक समेत गाउँमै रहने व्यवस्था मिलाएको अध्यक्ष पौडेलले बताए ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!