शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाजहेलम्बुको चनौटेमा बेलिब्रिज बनाउन सुरुः मेलम्ची-इन्द्रावती जोड्ने बाटो समस्याग्रस्त

हेलम्बुको चनौटेमा बेलिब्रिज बनाउन सुरुः मेलम्ची-इन्द्रावती जोड्ने बाटो समस्याग्रस्त


मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु गाउंपालीका स्थित् चनौटेमा मोटरेवल बेलिब्रिज निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल सरकार अर्थ मन्त्रालयले बेलिव्रिज निर्माणका लागि भदौ २० गते बजेट निकासा गरेपछि नेपाली सेना मार्फत शुक्रवारबाट बेलिव्रिज निर्माणको काम थालिएको गाउंपालीकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सिन्धुखवरलाई बताए ।

गत साउन १६ गते आएको मेलम्चीको बाढीले हेलम्बु क्षेत्रको लाइफलाइन मानिने चनौटेस्थित रातोपुल बगाएको थियो । त्यसपछि स्थानीयले सास्ती खेप्दै आएका थिए ।

पुल बगाएपछि हेलम्बु गाउँपालिकाभित्रको ६ वटा वडा, पाँचपोखरी थाङपाल गाउँपालिकाको २ वटा वडा र मेलम्ची नगरपालिकाको २ वटा वडा सडक सम्पर्कबाट टुटेको र अव एक महिना भित्रै पुल सम्पन्न हुने अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताएका छन् ।

४८ मिटर लामो रातोपुल बगाएपछि हेलम्बु क्षेत्रका स्थानीयले मेलम्ची बजारसम्म आवतजावत गर्न घण्टौँ हिंडेर पुरानो गोरेटो बाटो प्रयोग गर्दै आएका थिए ।

वेलिव्रिज निर्माणका लागि अर्थ मन्त्रालयले ९० लाख ५३ हजार रुपैयाँ निकासा गरेको छ । पुल निर्माण भएपछि हेलम्बु गाउँपालिकाको केन्द्र किउल, तार्केध्याङ, सेर्माथाङ, पाल्चोक, नाकोते लगायतका सम्पूर्ण ठाउँमा यातायात सहज हुने अध्यक्ष शेर्पाले बताएका छन् ।

अहिले दशैं लगाएतका चाडपर्वमा सर्वसाधारणको सुविधाका लागि चनौटेस्थित रातो पुल रहेको ठाउँमा हिमपाइप राखेर गाउँपालिकाको केन्द्र किउलसम्म यातायात सञ्चालन गर्दै आएकोमा त्यसबाट समेत आवत जावतमा समस्या परिरहेको छ ।


यता, सिन्धुपाल्चोकको मेलम्ची इन्द्रावती जोड्न बनाइएको अस्थायी मोटरबाटोमा पछिल्लो झरिसंगै आएको बाढीले क्षति पुगेको छ । गत असार १ गतेको बाढीले पक्की पुल बगाएपछि झण्डै तीन महिनापछि ह्युम पाइप राखेर मोटरबाटो बनाइएकोमा यही साता आएको बाढीले क्षति पु¥याएको हो ।

अस्थायी मोटरबाटोमा क्षति पुगेपछि ओहोरदोहोरमा समस्या भएको छ । मेलम्ची नगरपालिकाको केही वडा, पाँचपोखरी गापा, इन्द्रावती गापा तथा चौतारामा आउनजान समस्या भएको र मौसममा सुधार आएपछि बाटो मर्मत गर्न थालीसकिएको उपभोक्ता समितिले जनाएको छ ।

मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइप माथिको माटो बगाएका कारण ओहोर दोहोर गर्न पुनः समस्या परेको स्थानीयवासीले बताएका छन् ।

हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित छ । असार १ र साउन १६ गते आएको बाढीका कारण सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखी सडक सञ्चालनमा ल्याइएको थियो ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!