बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाजचौतारा साँगाचोकगढी नगरपालिकामा कुकुर बन्ध्याकरण अभियान

चौतारा साँगाचोकगढी नगरपालिकामा कुकुर बन्ध्याकरण अभियान


सिन्धुपाल्चोक । बजार क्षेत्रमा बढ्दो छाडा कुकुर नियन्त्रणका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले नगर क्षेत्रमा कुकुर बन्ध्याकरण अभियान सुरु गरेको छ ।

बन्ध्याकरण संगै रेबिज बिरुद्धको भ्याक्सिन लगाउने कार्यक्रम समेत एक साथ चलाइएको नगरपालीकाका सूचना अधिकारी दुर्गा प्रसाद ढुंगेलले जानकारी दिए ।

दशैं विदा सकिए लगत्तै विहिवारबाट नगरपालीकाले यो अभियान थालेको हो । जसमा विहिवार पहिलो दिन नगरका विभिन्न भागमा ४० वटा छाडा कुकुरको बन्ध्याकरण गरिएको छ । त्यस्तै पहिलो दिन ५५ वटा कुकुरलाई रेबिज बिरुद्दको भ्याक्सिन लगाइएको सूचना अधिकारी ढुंगेलले सिन्धुखवरलाई बताए ।

नगर प्रमुख अमान सिं तामाङ्का अनुसार नगरपालिकाको आर्थिक सहयोग तथा जनजागृती मावि साँगाचोक र HART-Nepal को गैर सरकारी संस्थाको प्राविधिक सहयोगमा यो कार्यक्रम पहिलो चरणमा जुगल बहुमुखी क्याम्पसको प्रांगण साँगाचोकमा कार्तिक ११ गतेसम्म चल्ने छ ।

हरेक दिन नगरपालीकाको २ वटा वडामा तालिम प्राप्त प्राविधिक खटिने र छाडा कुकुरलाई समातेर साँगाचोक स्थित् प्रयोगशाला शिविरमा लगिने तामाङले बताए ।

शिविरमा कुकुरलाई बेहोस बनाएर बन्ध्याकरण गरिने छ भने साथसाथै रेबिज बिरुद्धको भ्याक्सिन लगाएर पहिले कै स्थानमा छोडिने नगरपालिकाले जनाएको छ ।

पशु स्वास्थ्य प्राविधिक रविन्द्र सापकोटाले यो अभियानमा घरपालुवा कुकुरको समेत आवाश्यकता अनुसार उपचार तथा परिक्षण गरिने छ । यसका लागि कुकुर धनी आफैंले प्रयोगशाला स्थलमा घरमा पालेको कुकुर ल्याउनुपर्ने सापकोटाले बताए ।

पहिलो दिन नगरप्रमुख अमान सिं तामाङ आफैं प्रयोगशाला स्थलमा भुस्याहा कुकुरको बिगबिगी नियन्त्रण विशेष अभियानमा खटिएका थिए ।

सो अवसरमा स्थानीय जनजागृती मावी साँगाचोकसंग समन्वय गरेर यो कार्यक्रम चलाइएको तामाङले जानकारि दिए । छाडा कुकुर नियन्त्रणका लागि कुकुर पाल्ने नागरिक सर्तक हुनुपर्ने र छिमेकी स्थानीय तहले पनि यो अभियान चलाउनु पर्ने भन्दै नगरप्रमुख तामाङले आफ्नो नगरपालिका भित्र एक हजार भन्दा बढी छाडा कुकुर रहेको बताए । नगरपालीकाले १४ वटै वडामा रहेका कुकुर दैनीक ४०\४५ वटाको दरले बन्ध्याकरण गरिने जनाएको छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!