बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाजजुवातास खेल्नेहरू पक्राउ, ६४००० बरामद

जुवातास खेल्नेहरू पक्राउ, ६४००० बरामद


चाैतारा । सिन्धुपाल्चोककाे जुगल गाउँपालिका ६ मा तास खेलिरहेकाे अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेकाे छ ।तास खेलि रहेका छन् भन्ने प्राप्त विशेष सूचनाको आधारमा प्रहरी टोली खटी जाँदा उनीहरू पक्राउ परेका छन् ।
प्रहरीका अनुसार आज बिहान ८ बजे हारजित हुने गरि तास खलिरहेकाबाट ६४ हजार नगदसहित तीन बुक तास र तास खेल्न आेच्छ्याईएकाे म्याट बरामद गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकका डिएसपी दक्षकुमार बस्नेतका अनुसार पक्राउ पर्नेमा जुगल गा.पा. ६ बस्ने का बुद्धि बहादुर तामाङ साेहि स्थानका चिन बहादुर तामाङ र मान बहादुर तामाङ रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट म्याद अनुमति लिई उनीहरूलाई जुवा तास मुद्दामा आवश्यक कार्वाही अगाडी बढाईएको प्रहरीकाे भनाई छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!