बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाजदशनामी युवा क्लबको अध्यक्षमा भारती

दशनामी युवा क्लबको अध्यक्षमा भारती


चाैतारा। भर्खरै “दशनामी युवा क्लब ” नामको संस्था दर्ता भएको छ। ईन्द्रावती गाउँपालिका कुञ्चाेकका अमृत भारतीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै क्लब गठन गरिएकाे हाे।
क्लबकाे उपाध्यक्षमा सुरज भारती, सचिवमा नमराज भारती,सहसचिव बिक्रम भारती ,कोषअध्यक्ष सर्मिला( गिरि)भारती रहेका छन् । त्यस्तै सदस्यमा सुदिप भारती,सुरेश भारती,दिनेश भारती,बासु भारती,प्रकाश भारती र सरस्वती भारती रहेका छन।
संरक्षण समिती तथा सल्लाहकार समिती भित्र रामशरण भारती,बिनोद भारती ,कुसुम भारती, अम्बर .ब. भारती लगायत का बुद्धिजीवी ,समाजसेवि ब्यक्ति हरु रहेका छन।करिब १५० जना भन्दा बढी साधारण सदस्य भयको यस संस्था ले अमृत भारती लाई संस्थापक अध्यक्ष पदको लागि निर्बिरोध चयन गरेको हो।
अध्यक्ष पदमा नियुक्त भय सङ्गै अमृत भारतीले आफ्नो कार्य भार सम्हालेर तीव्र रूपमा काम,कर्तव्य प्रति केन्द्रित भएर अघि बढ्ने प्रतिवद्दता जनाए । गैरसरकारी ,गैरराजनीतिक ,गैर नाफामुलक यस बिशुद्व संस्था को मुख्य उदेश्य भनेको गाउँ समाज परिवर्तन ,धार्मिक ,सास्कृतिक कला संस्कृतिको संरक्षण ,एकताको भाव ,गाउँ समाजमा भएको बिकृती को अन्त्य ,गाउँ समाजमा भैइ परि आउने समस्याको समाधान ,आत्मियता गाउँ बिकास जस्ता मुख्य उद्देेश्य रहेको क्लबले जनाएकाे छ ।
इन्द्रावती गाउँपालिका वार्ड न. २ का वडाअध्यक्ष वीर बहादुर तामाङ को प्रमुख आतिथ्यमा कार्यक्रम गरिएकाे हाे । विभिन्न स्थानीय कलाकार हरुको बेजोड प्रस्तुती सङ्गै कार्यक्रम भब्य र सभ्य ढंगले सम्पन्न गरिएको थियाे ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!