आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजपुरानै लयमा फर्कँदै मेलम्ची

पुरानै लयमा फर्कँदै मेलम्ची


मेलम्ची ।
मेलम्ची खोलामा आएको बाढीले क्षति पु¥याएको मेलम्ची बजारमा चहलपहल बढेको छ । बाढीबाट भौतिक क्षति ब्यहोरेपछि करि साढे २ महिना थलिएको मेलम्चीले विस्तारै गति लिन थालेको हो । मेलम्ची झन्डै साढे २ महिना थलिएको हो ।

असार १ र साउन १७ मा आएको बाढीले बजार र आसपासको क्षेत्रमा असर गरेपछि मेलम्ची लगायत प्रभावित क्षेत्र सुनसान बनेको थियोे । आन्तरिक तथा बाह्य पर्यटनको हिसाबले केन्द्रबिन्दु बनेको मेलम्ची बाढीपछि पुरानै अबस्थामा फर्कन नसक्ने देखिएपनि स्थानीयले भने मेलम्ची बजारलाई सामान्य अबस्थामा फर्काउन सकेका छन् । बाढीको पीडा भुल्दै आएका मेलम्ची बजारका पीडित समेत अहिले सामान्य अबस्थामा फर्किन थालेका हुन् ।
अहिले मेलम्चीको सबै बजारमा दशैको किनमेल गर्ने स्थानीयको चहलपहल बढेको छ । स्थानीय व्यावसायी भन्छन्, त्यतिबेला बाढिको समयलाइ हेर्दा बजारमा यति धेरै आवतजावत र किनमेल गर्नेको घुइँचो लाग्ने जस्तो देखिएको थिएन तर अहिले स्थानीयको घुइँचो लागेको छ ।
स्थानीय भन्छन्, ‘बजारले बिस्तारै पुरानो रुप लिदै छ हामीले बजारलाई सामान्य अबस्थामा ल्याउदा लेकबेसीदेखि किनमेलमा आउने स्थानीयलाई सहज भएको छ।’
मेलम्चीका स्थानीय ज्यान बहादुर तामाङ भन्छन्, ‘अहिले बजारमा स्थानीयको चहलपहल बढेको छ यातायातको साधन गाउँबस्तीबाट आउन थालेका छन्, बजारमा किनमेल गर्नेको चाप देखिएको छ ।’
बजारमा दशैको लत्ताकपडा किनमेलमा निस्किएकी आरती आचार्य भन्छिन, ‘बाढीको समयमा यस्तो अबस्थामा बजार आउला भन्ने सोचेको थिएन तर अहिले यो घुइँचोलाइ हेर्दा बजार सामान्य अबस्थामा देखिएको छ ।’
बजारमा स्थानीय झरेका छन असार १ र साउन १७ ले तर्साएको मेलम्ची बजार अहिले पुरानै अबस्थामा फर्किएको छ। केही क्षती पुगेको भौतिक सरचना समेत निर्माण हुँदै छ। ‘संरचना निर्माण हुने र पीडा भुल्दै जाँदा मेलम्ची पुरानै लयमा फर्कन थालेको छ, मेलम्चीका व्यावसायी चित्र कुमार श्रेष्ठ भन्छन्, ‘अब फेरि जिल्लाकै प्रमुख व्यापारिक केन्द्र बन्नेछ मेलम्ची ।’
बाढि गए लगत्तै मेलम्चीमा देखिएको त्रासलाई स्थानीयले भुल्न थालेसँगै मेलम्चीले गति लिएको हो ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!