शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाजश्रीमती हत्या गर्ने पक्राउ

श्रीमती हत्या गर्ने पक्राउ


नुवाकोट । नुवाकोटमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई प्रक्राउ गरेको छ।

३२ वर्षीया सुशिला राईको हत्या आरोपमा लिखु गाउँपालिका वडा नम्बर ४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राजकुमार राईलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

घरायसी विवाद हुँदा सुशिलामाथि राजकुमारले खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट सुशिला गम्भीर घाइते भएकी थिइन्। घाइते सुशिलाको उपचारको लागि जिल्ला अस्पताल त्रिशुली पठाइएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको थियो।

‘घाँटी, पेटमा हानेको छ। मापासे पनि गरेको देखिन्छ,’ प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले भने, ‘मापासे गरेर आवेगमा आएपछि हत्या गरेको देखिन्छ। अरू अनुसन्धान भइरहेको छ।’

उनीहरूका तीन जना छोरी छन्।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!