आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजमेलम्चीमा गाडिएको शवको अनुसन्धान गर्न कुकुर लगिदैं

मेलम्चीमा गाडिएको शवको अनुसन्धान गर्न कुकुर लगिदैं


मेलम्ची । आज विहान मेलम्ची नदि किनारमा गाडिएको अवस्थामा फेला परेको शवको अनुसन्धानका लागि कुकुर लगिने भएको छ । शंकास्पद रुपमा शव फेला परेकाले प्रहरीले तालिमप्राप्त कुकुर अनुसन्धानका लागि लैजादैं गरेको हो ।
विहान मेलम्ची बजारको नदिछेउमा गाडिएको अवस्थामा एउटा शव देखा परेको थियो । पुरानो फन पार्क भन्दा मासिथ सिम्ले फाँटमा गाडिएको अवस्थामा शव देखिएको प्रहरीले जनाएको छ । सिम्ले फाँटमा रहेको नेत्रप्रसाद दाहाल (हरि)को घर सामुन्ने छ । घर छेउमै शव भेटिएको हो ।
प्रहरी घटनास्थलमा पुगेर घेराबार गरिसकेको छ । शवको खुट्टाको औंलाहरु बाहिरबाटै देखिएको छ। घर धनी हरिप्रसाद दाहाल पनि हाल सम्म सम्पर्कमा नआएको बुझिएको छ। शव उत्खनन गरिएको छैन । उत्खनन नगरिएकाले शवको पहिचान समेत नभएको प्रहरीको भनाई छ । ‘घटना गम्भीर देखिएकाले कुकर ल्याइएपछि मात्रै अनुसन्धानको पाटो सुरु हुन्छ,’ जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले भने ।
विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!