शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाजतातोपानी र केरुङ नाका समस्याग्रस्तः स्थानीय बजारमा च्याङ्ग्राको अभाव

तातोपानी र केरुङ नाका समस्याग्रस्तः स्थानीय बजारमा च्याङ्ग्राको अभाव


सिन्धुपाल्चोक । सरकारले चीन तर्फको महत्वपूर्ण नाका नियमीत गर्न चासो नदेखाउंदा यो वर्ष नेपालको मासु बजार महंगीएको छ । मुख्य रुपमा हिन्दु नेपालीहरुको महत्वपूर्ण पर्व दसैँमा धेरै खपत हुने हिमाली च्याङग्रा चीन बाट नेपाल भित्रने गरेकोमा यो बर्ष नाकामा विद्येमान समस्याका कारण च्याङ्ग्रा नल्याउने भएका छन् ।

दसैँ नजिकिदै गर्दा च्याङ्ग्रा तथा बोकाको आयात स्थानीय स्तर बाट मात्रै भइरहेको छ । तर चीन बाट व्यापारीले आयात नगरेकाले बोकाभन्दा च्याङ्ग्रा निकै महँगो भएको नेपाल चौपाया खरिद बिक्री संघका अध्यक्ष सन्तोष खत्रीले बताए ।

खत्रीका अनुसार, नेपालमा च्याग्राको उत्पादन अत्यन्तै थोरै हुन्छ भने दशैंको समयमा उपभोक्ताको माग बढी हुन्छ । त्यसैको परिणाम, दसैँ नजिकिँदै गर्दा च्याङ्ग्राको भाउ छोईनसक्नु भएको छ ।

दसैँमा बोका तथा च्याङ्ग्रा बली हान्ने सम्प्रदाय बढी छन् तर च्याङ्ग्रा स्थानीय बजारमा दशैंमा मात्र आयात हुन्छ । त्यसैले पनि यसको माग अखत्याधीक छ । खत्रीका अनुसार, बाढी, पहिरो तथा कोरोना महामारी जस्ता कारणले यो बर्ष मुस्ताङमा नै च्याङ्ग्रा कम उत्पादन भएको छ ।

वर्षको एक पटक चीनबाट आयात हुने गरेको तातोपानी नाका समस्याग्रस्त रहेको र केरुङ नाका समेत चौपाया आयातका लागि बन्द गरिएकाले च्याङ्ग्रा आयात हुन सकेको छैन, अध्यक्ष खत्रीले भने ‘च्याङ्ग्रा भित्रिने मुख्य नाका नै बन्द छ ।

नेपालमा उत्पादन निकै कम छ भने त्यसैले अहिले च्याङग्राको मासु प्रतिकेजी १३ सयदेखि २ हजार रुपैयाँसम्म पुग्न सक्छ । स्थानीय स्तरबाट व्यापारीले दसैँमा ३ हजारदेखि ४ हजार च्याङग्रामात्र संकलन गर्न सक्ने अवस्था छ ।

मागको तुलनामा आपूर्ति कम भएकै कारण अहिले एउटा च्याङ्ग्राको मूल्य ३७-३८ हजार रुपैयाँमासम्म पर्ने अध्यक्ष खत्रीले बताए । जवकी, दसैँमा काठमाडौँ उपत्यकामा मात्र करिब ८ हजार च्याङग्रा खपत हुने गरेको थियो तर यो बर्ष च्याङ्ग्रा आयात नै नहुन सक्छ ।

तर दशैंमा खपत हुने ६० प्रतिशत खसी–बोका नेपालमै उत्पादन हुने र बाँकी ४० प्रतिशत भारतबाट आयात हुने भएकाले स्थानीय बजारमा मासुको अभाव भने नहुने अध्यक्ष खत्रीले बताए ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!