आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा, न्यानो र पोसिलो आहार

ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा, न्यानो र पोसिलो आहार


तातोपानी । ९५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । सिन्ध्ुपाल्चोकको भोटेकोशी गाउँपालिकाले ३१ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सम्मान गरेको हो ।
सो अवसरमा ज्येष्ठ नागरिकलाई ढाका टोपी दोस्ला, लौरो, हर्लिक्स र नगदसमेत प्रदान गरियो । गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेललगायतबाट ढाका टोपी दोसल्ला, लौरो, हर्लिक्स र नगद चार हजार रुपैया दिएर सम्मान गरिएको हो ।
यो गाउँपालिकामा ९५ उमेर पुगेका २२ ज्येष्ठ नागरिक छन् । महिला १५ र पुरुष ७ जना रहेको तथ्यांक गाउँपालिकासँग छ ।
सो अवसरमा बृद्धबृद्धाहरुको सुगर, प्रेसर स्वस्थ्य परिक्षण पनि गरिएको थियो । दुई जना जेष्ठ नागरिकलाई कोरोनाको भ्याक्सिन पनि लगाईएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा उपस्थित हुन नसकेका जेष्ठ नागरिकहरूलाई घर सम्म वडा सचिव मार्फत हस्तान्तरण गरिनेछ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!