आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजशून्यमा झर्दै सिन्धुपाल्चोकमा कोराना संक्रमण

शून्यमा झर्दै सिन्धुपाल्चोकमा कोराना संक्रमण


चौतारा । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण सिन्धुपाल्चोकमा घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार जिल्लाभर अब १३ जना मात्रै संक्रमित बाँकी छन् । यो तथ्यांकले सिन्धुपाल्चोक कोरोना संक्रमितको संख्या शून्यमा झर्दै गरेको देखाएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका अनुसार चौतारा साँगाचोकगढी नगरपालिकामा १२ र लिसंखुपाखर गाउँपालिकामा एक जना संक्रमित रहेका हुन् । तथ्यांकअनुसार चौताराका तीन महिला र एक् पुरुष संक्रमित छन् भने लिसंखुपाखरकी एक् महिलामा कोराना रहेको छ ।
कोरोनाको दोस्रो भेरियण्टमा मात्रै सिन्धुपाल्चोकमा चार हजार सात सय ६७ मा कोरोना पोजिटेभ देखिएको थियो । दोस्रो लहरको कोरोनामा मात्रै ३३ ले ज्यान गुमाएका थिए ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!