आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजखस्न लाग्यो ६५ घर भएको बस्ती, सरकारी निकायको वेवास्ता

खस्न लाग्यो ६५ घर भएको बस्ती, सरकारी निकायको वेवास्ता


गुम्बा । अघिल्लो वर्षदेखि पहिरोको जोखिममा रहेको सिन्ध्ुपाल्चोकको जुगल गाउापालिका–३ गुम्बाको एउटा गाउँ पहिरोले बगाउन अवस्थामा पुग्दासमेत सरकारी निकाय मौन बसेको छ । बस्तीबारे पटक पटक जानकारी गराउँदासमेत सरोकारवाला निकाय चुपचाप बसेको हो ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ बोल्दे घट्टे खोला क्षेत्रमा जमिन भासिदा ६५ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । बस्ती मुनीबाट पहिरो झरिरहेको छ । बस्ती बगाउने डरले स्थानीयले घर छाडेर हिँडेका छन् ।

गत बर्ष बस्तीको माथिल्लो भागमा जमिन भासिएको थियोे यसपटक भासिएको ठाउँबाट बग्ने तेलेस्योङ बस्ती मुनि छिरेको स्थानीय जितेन पाख्रिनले जानकारी दिए । उनले खोला नै भासिएको जमिनमा छिरेपछि हामीलाई याहा बस्न पहिरोको डर भएको बताए ।
गत बर्ष नै पहिरो जान सक्ने र मानवीय क्षती हुन सक्ने देखिएपछि स्थानीय र वडा अध्यक्षले सम्बन्धि निकायमा जानकारी गराए पनि यसबारे कुनै जानकारी नआएको स्थानीयको भनाइ छ ।
स्थानीय भन्छन्, ‘गत बर्ष पारी बस्ती लिदिमा भएको घटना नदोहोरियोस भन्दै आफुहरुले सम्बन्धि निकायमा जानकारी गराए पनि यसको समाधान खोजिएको छैन ।’
जमिन भासिएपछि घट्टे खोला र तेलेसोङ खोलाको बीचमा रहेको घट्टे खोला क्षेत्रका चार सय ५० परिवार विस्थापित हुने अबस्थामा छन् । गत बर्ष बस्तिको माथिल्लो भागमा तेलेस्योङ बस्ती माथि बाट जमीनमा बिलाएको छ ।
विस्थापित स्थानीयवासी अहिले टेण्टको भरमा बसेका छन । ‘बस्ती भासिएर बस्ती छोडेका छौ घरमा बस्न सक्ने अबस्था छैन अहिले टेण्टमा बसेका छौ’ स्थानीय श्याब बहादुर तामाङ भन्छन्, ‘टेण्टको बसाइ धेरै कष्ट बनेको छ सरकारले हामीले हेर्न प¥यो हामी समस्या छौ।’
बर्षा याममा टेण्टको बास समेत उनीहरुको लागि निकै समस्या भएको छ । वडा कार्यालयले उनीहरुको लागि जिल्ला विपद ब्यबस्थापन समितीबाट ७० थान टेण्टको ब्यबस्थापन गरेको वडा अध्यक्ष सानू कान्छा तामाङ बताउछ्न् ।

यहाँका स्थानीय हिउँदमा आनन्दले बसे पनि बर्षा याम सुरु भएपछि भाग्न पर्ने अबस्था छ। भुकम्प अगाडि त्यस्तो थिएन अहिले जाहा बलियो जमिन भनेर बसेको छ त्यही पहिरोको उच्च जोखिम छ । घट्टे खोला र तेलेस्योङ बस्तिको दायाँबायाँबाट बग्छ्न तर तेलेस्योङ बस्ती माथि चिरिएको ठाँउबाट दबिएको छ ।
‘बस्ती बारे हामीले गत बर्ष नै जानकारी गराएका छौ, सबै जिम्मेवार निकायमा हामीले बस्ती सार्नको लागि माग गरेका छौ।’ जितेन थप्छन्, ‘पहिरोको उच्च जोखिम छ, यहाँ नागरिकको लागि राज्यले जिम्मेवार बहन गर्नु पर्छ।’
वडा कार्यालयले विस्थापित पीडितको लागि जिल्ला विपद ब्यब्यबस्थापन समितीको सहयोगमा अहिले टेण्टको ब्यबस्थापन गरेको हो । वडा कार्यालयले हरेक निकाय सग पहल गरेको छ। यहाँको भौगोलिक अबस्था निकै जटिल भएको कारण वडाको बजेटले काम गर्न सक्ने अबस्था छैन।वडा अध्यक्ष सानुकान्छा तामाङले भने, प्रदेश सघिय सरकारले यहाँ काम गर्न पर्ने अबस्था छ। बस्ती जोखिममा छ घर भित्र चिरा चिरापरेको छ समान निकाल्न समेत गएका छैनन स्थानीय।
स्थानीयले गरेको हारगुहारलाई सम्बन्धि निकायले बेवास्ता गर्दै आएका छन वडा कार्यालयले सरकारी निकायमा जानकारी गराइरहेको छ।यो समस्याको समाधान गर्न नसक्ने हो भने मानवीय क्षती हुनसक्ने देखिन्छ ।गत बर्ष जुगल गाउपलिका वडा नम्बर २ लिदिका स्थानीयले यस्तै समस्याको समाधान खोज्न सरकारी निकायलाई जानकारी गराउदा गराउदै लिदि बासिले ब्यहोरेको समस्या नदोहोरिएला भन्न सकिन्न ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!